• ४ जेठ २०८१, शुक्रबार

सरकार नयाँ ढङ्गले काम सुरु गरेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कार्यक्रममा । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

दोलखा, असार २ गते । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नयाँ ढङ्गले काम सुरु गरेको बताउनुभएको छ । शनिबार दोलखा सदरमुकाम चरिकोटमा उद्योग व्यवसायीसँगको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

भ्रष्टाचार गर्ने व्यक्ति कुन पार्टीको छ, कति शक्तिशाली छ भनेर नहेरी निष्पक्ष रूपले अनुसन्धान गरेर कानुनको दायरामा ल्याइने श्रेष्ठले बताउनुभयो । अहिलेको सरकारले जनताले अपेक्षा गरेअनुसारको काम गर्ने बताउँदै उहाँले जनताको कुरामा सरकार गम्भीर रहेको उहाँको भनाइ छ ।

राजधानी काठमाडौंमा नयाँ बसपार्क सार्दा अपायक भएको  भन्दै व्यवसायीले गुनासो गरेपछि उहाँले जनता र यातायात व्यवसायीलाई  सहज हुनेगरी सही ढङ्गले छलफल गरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।