• १३ पुस २०८१, शनिबार

नागरिकता विधेयक कार्यान्वयन गर्न माग

blog

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीलाई कांग्रेस समर्थित युवाहरुले नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाउँदै । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), असार १ गते । नागरिकतासम्बन्धी विधेयक कार्यान्वन नगराउन सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति सरकारले चासो लिनुपर्ने भन्दै नेपाली कांग्रेसका समर्थित भ्रातृसङ्गठनका युवाहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत सरकारलाई कार्यान्वयनको अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली कांग्रेसका राजविराज नगर कमिटीका सभापति मनोज दास, नेपाल विद्यार्थी सङ्घका महेश यादव, तीर्थनारायण दासलगायत युवा नेताहरुसहितको सहभागितामा जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपालको संविधानले सुनिश्चित गरेको नागरिकतासम्बन्धी हकमाथि टेकेर संसदबाट पारित नागरिकता विधेयकलाई केही दिन अघि राष्ट्रपतिद्वारा प्रमाणीकरण भएकोले ज्ञापनपत्रमार्फत वर्तमान सरकारलाई धन्यवाद दिएको छ । 

विधेयक प्रमाणिकरण पश्चात कार्यान्वन गर्न गराउन राजपत्रमा प्रकाशित भइसकेको उक्त विधेयकलाई टेकेर तत्काल नागरिकता जारी नगर्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशका कारण देशभरिमा लगभग पाँच लाख बढी युवाहरु आफ्नै देशमा अनागरिक भई बाँच्नुपरेको युवाको भनाइ छ ।