• १३ पुस २०८१, शनिबार

फर्निचर उद्योगमा आगलागी

blog

महोत्तरी रामगोपालपुर–५ स्थित फर्निचर उद्योगमा लागेको आगो । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, जेठ २८ गते । 
महोत्तरीको रामगोपालपुर –५ स्थित फर्निचर उद्योगमा आगलागी  भएको छ । रेवी ठाकुरले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

शनिवार मध्य राति अचानक लागेको आगोले उद्योग परिसरमा रहेका करिब ५० लाख मूल्यका तयारी फर्निचर र दुई लाख मूल्यका विभिन्न साइजका काठ गरी ५२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीले जनाएको छ ।

अनियन्त्रित बनेको आगोलाई रामगोपालपुर नगरपालिकाको वारुणयन्त्रले निभाउन नसकेपछि बस्ती सखाप पर्ने सम्भावनाले गाउँलेमा त्रास थपेको थियो ।

प्रहरी प्रयासले गौशाला नगरपालिकाबाट पुगेको अर्को वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको स्थानीय जिवन चौधरीले बताउनुभयो ।

आगोले फर्निचर उद्योगकका महँगा ज्याबल, भवन, घरेलु सामान, तयारी पलङ्ग, कुर्सी, खाट टेबुल सबै खरानी पारेको पीडित उद्योगी ठाकुरले दुःखेसो गर्नु भयो । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।