• १६ चैत २०८०, शुक्रबार

रुपनी गाउँपालिकाका किसानलाई परिचयपत्र

blog

परिचयपत्र वितरण समारोहमा रुपनी गाउँपालिकामन अध्यक्ष दिनेशकुमार यादव । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी),  जेठ २६ गते । सप्तरीको रुपनी गाउँपालिकाको ३९ जना किसानलाई वर्गीकरणसहितको किसान परिचयपत्र वितरण गरिएको छ । किसान परिचयपत्र वितरण गर्ने जिल्लाकै रुपनी पहिलो पालिका बनेको छ ।

जग्गाको क्षेत्रफल, आर्थिक हैसियत, परिवारको सङ्ख्यालगायतको मापदण्डको आधारमा ठुला, मध्यम, साना तथा भूमिहीन सीमान्तकृत मजदुर किसान गरी रुपनी गाउँपालिकाले यहाँका किसानलाई चार तहमा वर्गीकरण गरेको छ । बाँकी तीन हजार नौ सय ९९ घरधुरी किसान परिवारलाई नै किसान परिचयपत्र वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी जामुनकुमार दासले जानकारी दिनुभयो ।

मलखाद राष्ट्रियको समस्या हो र यसको समाधानमा तीनै तहको सरकार गम्भीर बन्नुपर्छ । आगामी बजेटमा यहाँका किसानको लागि गुणस्तरीय जीवन निर्वाह सहितको महत्पूर्ण योजनाहरू ल्याउने रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो ।

कृषिको नाममा नीति बनायौँ, योजना ल्यायौँ, तर वास्तविक किसानको दैलोसम्म सरकारको सेवा सुविधा पाएनन् । निम्नस्तरका किसानको जीवनस्तर माथि उठाउन र कृषकको मर्यादित जीवनको परिकल्पनालाई अव यथार्थमा परिवर्तन गर्नुपर्छ, कृषक समूह महासङ्घको सदस्य जीवन्ती पौडेलले बताउनुभयो ।