• १३ मंसिर २०८१, बिहिबार

त्रिनगरस्तरीय ब्याडमिन्टन सुरु

blog

काठमाडौँ, जेठ २४ गते । काठमाडौँका तीन वटा नगरपालिका सम्मिलित त्रिनगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ । काठमाडौँको सतुङ्गलस्थित मन्डला ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीका ए, बी र सी गरी ७८ खेलाडी सहभागी छन् । ब्याडमिन्टनमार्फत स्वास्थ्य र आपसी मित्रता कायम गर्ने उद्देश्यले हरेक वर्ष वाषिकोत्सवका अवसरमा प्रतियोगिता गर्दै आइरहेको क्लबका संरक्षक देवेन्द्र प्रधानले जानकारी दिनुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सरकारले खेलकुदका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएकाले यसलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।   

मङ्गलबार सम्पन समूह ‘ए’ अन्तर्गत खेलमा धर्म घिमिरे र सुलभ राई, समूह ‘बी’ अन्तर्गतको खेलमा सुरज क्षेत्री र राजेश तामाङको टोली विजयी भएको छ । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ ।