• १४ वैशाख २०८१, शुक्रबार

देशको समग्र हितको रक्षापछि संसद् अवरोध अन्त्य हुन्छ : अध्यक्ष ओली

blog

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २१ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध अन्त्य हुने बताउनुभएको छ । 

आइतबार बसेको प्रतिनिधि सभा बैठक अवरोधपछि संसद् भवनबाहिर पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हट्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो व्यवस्थापन हुन्छ ।’ प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको आजको बैठक भोलि सोमबारका लागि सारिएको छ ।