• १६ वैशाख २०८१, आइतबार

नुहाउने गीत

blog

टङ्क चौलागाईं 

स्थानः होलीको दिन । घरको छाना । समयः दिउँसो ३ बजे, पात्रहरूः सुमन, आमा, बुवा, परपर काग कराइरहेको छ । वल्लो घर पल्लो घरमा बच्चाहरू होली खेलेर रमाइलो गरेको सुनिन्छ । पृष्ठभूमिमा होलीको गीत पनि बजिरहेको छ । त्यही हल्लाको बीचबाट सुमन आउँछ । 

सुमन : मैले कस्तरी रङ लगाइदिएँ, सबैलाई लगाइदिएको ।

बुवा :  खेल्न पुग्यो हैन अब ? ...हेर कति धेरै रङ लगाएको होला । खै, खै फोटो खिचौँ, सरिता आउन ।

आमा : हामीले नुहाइ हाल्यौँ । (फोटो खिच्छन् ।) ...हेर, कस्तो थाकेको ।

सुमन खेल्न पुग्यो, कस्तो थकाइ लाग्यो । पिचकारी राखिदिनु ।

आमा रहर मेटियो नि ? अर्काे वर्ष मात्रै हो होलि खेल्ने । रङ चाहियो, पिचकारी चाहियो भनेर झगडा गर्ने हैन ।

सुमन गर्दिन के...पुग्यो अब ।

आमा ल आउ, यो सफा गरिदिन्छु । मुख धुने, सबै रङ पुछेर अर्काे लुगा फेरिदिन्छु ।

बुवा के भनेको होला, पुछेर हुन्छ त ? यस्तो विरूप भएको छ नुहाउनु परेनँ ! (सुमन रुन थाल्छ ।)

आमा ठीकै छ नि बच्चा हो, सफा पारेर पुछेपछि रङ गइहाल्छ, घाम पनि हराउँदै गयो ।

बुवा कहाँ पुछेर जान्छ यस्तो रङ । यस्तो फोहोरी भएपछि जिउमा खटिरा निस्किन्छ । ल आउ म बाबुलाई विस्तारै नुहाइदिन्छु । (सुमनको रुवाइ बढ्छ ।)

आमा तपाईंले नै दुई दिन अगाडि नुहाइदिनु भएको हैन भन्या ? नुहाउन कति गाह्रो छ, जबरजस्ती नुहायो भने फेरि अस्तिको जस्तै बिरामी हुन्छ । 

सुमन (रुन थाल्छ ।) ...चिसो छ, चिसो छ । म नुहाउँदै नुहाउँदिन ।

बुवा नुहाउनु पर्छ बाबु । पानी तातो पारेर आउँछु ।

सुमन :  (बेस्सरी रुन्छ ।) नुहाउँदिन, नुहाउँदै नुहाउँदिन । 

आमा :  फेरि रुन थाल्यो । भइहाल्यो के, रङ सप्पै निखारेर पुछिदिन्छु ।

सुमन हुन्छ । नुहाउन कस्तो डर लाग्छ ।

बुवा :  जुम्रा पर्छ, जिउ गन्हाउँछ । यो रङ पुछेर जाँदैन, स्कुलमा म्यामले, साथीहरूले छ्या फोहोरी भन्दैनन् ? 

सुमन चिसो भयो । (सुमन बेस्सरी रुन्छ ।) अर्काे लुगा लगाइदिनु ।

आमा :  नुहाउनु पर्दैन भनेको पनि मान्ने हैन, खोक्न थालिसक्यो...लत कोठाबाट लुगा ल्याइदिन्छु । (जान्छिन् ।)

बुवा नुहाएर कोही बिरामी हुन्छ भन्या ! सफा पारेर नुहाउने, घाममा मज्जाले तेल लगाउने, हस ? ...अस्ति पनि त मैले नै नुहाइदिएको हो, बिर्सियौ ? यसरी रुनै पर्दैन, कति मज्जाले नुहाइदिन्छु ।

सुमन तातो पानी है त ?

बुवा हस ।

सुमन अस्तिको जस्तै नुहाउने गीत पनि है त ?

बुवा हुन्छ, गज्जब ! ....तातो पानी लिन जाउँ ?

सुमन हुन्छ । 

आमा अर्काे लुगा फेरिदिउँ ?

सुमन नाईं, म नुहाउने । (आफैँ लुगा खोल्न थाल्छ ।) ....तपाईं तलै जानु, बाबासँग नुहाउने हो ।

आमा लौ लौ, के जादु गर्नुभयो बाबाले ? 

बुवा खै त, उसैले खुसी भएर नुहाउँछु भन्यो ।

(बुवाले तातो पानी ल्याउँदा सुमनले लुगा खोलिसकेको छ । बुवाको खल्तीबाट मोबाइल झिकेर गीत बजाउँछ ।)


सुमन :  तातो पानी हो बाबा ?

बुवा :  हो, हो मनतातो छ । ...ल, ल किन 

नाचेको ? भर्खरै नुहाएको मेरो जिउमा साबुनको फिँज नै फिँज लाग्यो । 

सुमन :  नाईं म त, नाच्दै नाच्दै नुहाउँछु । 

बुवा :  ल हेर, जिउबाट रङ नै रङ मिसिएको कस्तो फोहोर पानी आयो । 

सुमन :  छ्या ! म त सधैँ नुहाउने हो.. .यसरी नाच्दै नाच्दै । 

सुमन :  साबुन यु आकारको भइसक्यो बाबा ।

बुवा :  हो त, पातलो भएर यस्तो भएको हो । 

बुवा :  भोलि स्कुल जाँदा बाबु कति राम्रो देखिन्छ ...सफा, अरू जस्तो हो र ?

सुमन :  साथीहरूले फोहोरी पनि भन्दैनन् । (आमा टावेल, तेलको कचौरा लिएर आउँछिन् ।)

आमा :  बाबाले कसरी नुहाइदिनु भयो बाबु ? अहिलेसम्म नाच्दै छौ त !

बुवा :  के गर्ने केटाकेटीलाई जसरी खुसी लाग्छ त्यसरी काम गर्न सिक्नु प¥यो । 

आमा :  यति सजिलै नुहाउन मान्यो ? ...अचम्म !

सुमन :  बाबाले नुहाउँदा आँखा पिरो भएन । टाउकोमा तीन पटक साबुन लगाको । 

आमा :  मलाई पो हेपेको, बाबा भनेपछि मानेको होला नि ।

सुमन :  हेपेको हैन के, हेपेको हैन । बाबाको मोबाइलमा नुहाउने गीत छ । (मोबाइलमा गीत बजायो ।)

सुमन :  हो यही गीत बजाउनु । घुँडानेर टाउको राखेर, पहिला टाउको मात्रै नुहाइदिनु, आँखामा पानी पार्न पाइँदैन नि फेरि, त्यसपछि जिउ नुहाइदिनु । म गीत सुन्दै नाचीनाची नुहाउँछु । 

आमा :  यस्तो पो हो तरिका ! मलाई पनि दिनु यसको नुहाउने गीत । कस्तो राम्रो नुहाउने गीत ।

सुमन : नुहाउने गीत भए तपाईंसँगै नुहाइहाल्छु नि ।

बुवा : यसो जिउ हल्लाको सुरमा खुरुखुरु नुहाउँछ । 

सुमन : (अलि ठूलो स्वरले पल्लो घरको साथीलाई) ...दीपक मलाई रङ नहान है, नुहाइसकेँ ।

समाप्त