• ८ पुस २०८१, सोमबार

रेशम चौधरीको आममाफीविरुद्धको रिट न्यायाधीश भट्टराईको एकल इजलासमा

blog

रेशम चौधरी ।

काठमाडौं, जेठ १७ गते । टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको विरुद्धमा परेको रिटमा  सुनुवाइ हुँदैछ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा उक्त रिटको प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

शारदा बोहरा कडायतले आइतबार दर्ता गराउनुभएको रिट निवेदन सुनुवाइ गर्न न्यायाधीश भट्टराईको एकल इजलासमा पेशी तोकिएको हो ।

शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो ।

तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुनुभएको थियो ।