• १४ वैशाख २०८१, शुक्रबार

काठमाडौं युरो स्कुलमा कला, विज्ञान र प्रविधि प्रदर्शनी

blog

काठमाडौं, जेठ १६ गते । गोंगबुको बानियाँटारस्थित काठमाडौं युरो स्कुलले विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन–अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक कला, विज्ञान तथा प्रविधिको प्रदर्शनी गरेको छ । 

गणतन्त्र दिवसको अवसरमा काठमाडौं युरो स्कुलले आफ्नै विद्यालय हातामा कला, विज्ञान र प्रविधि प्रदर्शनी–२०२३ आयोजना गरेको हो । प्रदर्शनीमा विभिन्न कलात्मक रचनाहरु, विज्ञान तथा प्रविधिसंग जोडिएका ४० भन्दा बढी स्टलमा विभिन्न प्रदर्शनीहरु अवलोकनका लागि राखिएको थियो ।


प्रदर्शनीमा काठमाडौं युरोमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब २ सय विद्यार्थीले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसँग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको हो ।  प्रदर्शनीको विद्यार्थीका अभिभावकलगायतले अवलोकन गरेका थिए ।

प्रदर्शनीमा चित्रकला, विद्युतीय सेन्सर डस्टविन, ग्यास लिक हुँदा संकेत दिने साइरन, ट्याङकीमा पानी भरिन लागेको संकेत दिने मसिनलगायत सामाग्री अवलोकनका लागि राखिएको थियो ।

एकदिने प्रदर्शनीको काठमाडौं युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पाण्डेले आजको विज्ञान तथा प्रविधिबाट दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि ज्ञान र शीप बारे विद्यालयले विद्यार्थीलाई अध्ययन गराउदै आएको उल्लेख गर्दै विद्यार्थीले तयार पारेको सामाग्रीलाई प्रदर्शनी गर्दै आएको बताउनुभयो । 


काठमाडौं युरो स्कुलका शैक्षिक निर्देशक डा.दिपक गुप्ताले विद्यार्थी आफैले तयार गरेको सामाग्री आफैले प्रस्तुतीकरण गर्दा विद्यार्थीहरुको शैक्षिक गुणस्तर तथा अनुसन्धानमुलक शीपको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।