• १७ असार २०८१, सोमबार

निःशुल्क पशु स्वास्थ्य शिविरमा १२ सय पशुको उपचार

blog

निःशुल्क स्वास्थ्य शिविरमा पशुको उपचार गरिदै ।

सुजन काफ्ले                                                                

दोलखा, जेठ १५ गते । दोलखाको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सयभन्दा बढी पशुको उपचार गरिएको हो ।

शिविरमा बाख्रा, कुखरा, गाई, भैँसी र भेडालगायतका पशुको निःशुल्क उपचार गरिएको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपाका वडा अध्यक्ष शान्तबहादुर जिरेलले बताउनुभयो । शिविरमा जुका, नाम्ले, रुघाखोकी, भिटामिन, घाउखटिरा, जुम्रालगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको जिरेलले बताउनुभयो ।

शिविरमा प्रजनन समस्यासम्बन्धि, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्यालगायतका विभिन्न रोगहरुको ४८ प्रकारका औषधिहरु वितरण गरिएको डा. रन्जना रानाभाटले बताउनुभयो ।

बोका र गोरुको बन्ध्याकरण, गाईभैसीको गर्भ परीक्षण गरिएको उहाँले बताउनुभयो । १ सय १८ वटा घरमा पुगेर ४० पशु प्राविधिकको टोलिले सर्वे गरी आइतबार बिहान ८ बजेबाट सुरु भएको शिविर बेलुका ९ बजे सम्पन्न भएको थियो ।

जनप्रेमि कृषि सहकारिको अध्यक्ष टीकाबहादुर खत्रीको अध्यक्षता तथा वडा अध्यक्ष शान्तबहादुर जिरेलको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा प्राविधिक शिक्षालयका प्रमुख कर्म गेलाल शेर्पालगायत स्थानीयहरुको उपस्थितिमा पशु शिविर सम्पन्न भएको थियो ।