• १४ वैशाख २०८१, शुक्रबार

तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा

blog

अमरराज नहर्की
तनहुँ, जेठ १५ गते ।
गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको हो ।

कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका इन्द्रजित सार्की, राजन अच्छामी, सवारी ज्यान मुद्दामा आषिश आले र कर्तव्य ज्यान मुद्दाका सुन्दर परियार रहेको जानकारी दिनुभयो ।

सबैभन्दा धेरै सवारी ज्यान मुद्दाका आलेले तीन वर्ष कैद भुक्तानी गरेसकेका छन् भने एक वर्ष चार महिना २३ दिन छुट पाएको अधिकारीले बताउनुभयो ।

त्यसपछि धेरै छुट पाउनेमा बहुविवाहका सार्कीले पाँच महिना २० दिन पाउनु भएको कारागारले जनाएको छ  । उनीहरूको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएमा कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार उनीहरूको कैद मिनाहा गरिएको हो ।

लागूऔषध, भ्रष्टाचार, मानव तस्कर, सर्वस्वसहित जन्मकैद र चेलीबेटी बेचबिखन लगायत १९ प्रकारका गम्भीर मुद्दा हो । यी मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरे पनि आम माफी पाउँदैनन् । रिहाइ हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्त आएका थिए । कैदीको अवधि बाँकी छँदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे। पुराना तीता अनुभवहरु सबै बिर्सेर नयाँ जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुको भनाइ थियो ।