• २८ पुस २०८१, आइतबार

आँखा शिविरबाट १५ सय बढी लाभान्वित

blog

शल्यक्रिया गरिएका आँखाका बिरामीहरू । तस्बिर: बाबुराम शर्मा

दोलखा, जेठ ११ गते । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, दोलखा लायन्स आँखा केन्द्र र लायन्स क्लब अफ दोलखाको संयुक्त आयोजनामा ऐतिहासिक सहर दोलखामा भएको आँखा शिविरबाट १५ सयभन्दा बढी आँखाका रोगी लाभान्वित भएका छन् । 

तीन दिने शिविरमा ६१ जनाको मोतीबिन्दुको शल्यक्रिया,तीन जानको मासु पलाएको र एक हजार ५२५ जनाको परीक्षण गरी कुल एक हजार ५८९ जना लाभान्वित भएका दोलखा लायन्स आँखा केन्द्रका इन्चार्ज विप्लव खडकाले जानकारी दिनु भयो । 

उहाँका अनुसार न्यूनतम शुल्कमा उपचार गरिएको हो । यीमध्ये १५ जना गरिब विपन्नहरूको इम्पुरिभिङ लाइभस इन नेपाल नामक संस्थाले शुल्क व्यहोरेको छ । यहाँ हरेक तीन/तीन महिनामा शिविर हुँदै आएको छ । 

बिरामीहरूको सहजका लागि गाउँ गाउँमै पुगेर शल्यक्रिया गर्नुपर्ने बिरामीको छनौट गरिने गरिएको छ । उहाँले भन्नु भयो, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँकी डा. एलिना गुरुङसहित पाँच जना र केन्द्रका आठ जना समेत शिविरमा खटिएका थिए । 

Author

बाबुराम शर्मा