• ७ असोज २०८०, आइतबार
blog

पहेँलो धातु सुनको मूल्य विश्व बजारमा बढेको बढ्यै छ । अन्तर्राष्ट्रिय बजारमा दिनप्रतिदिन खपत बढ्दै जानु र लगानीको सुरक्षित क्षेत्र हुनुले पनि सुनको मूल्य निरन्तर बढ्दै गएको हो । सुनको व्यापार ‘मिडियम अफ एक्स्चेन्ज’का रूपमा पनि रहेको छ । हाम्रो समाजमा यो धातु सांस्कृतिक रूपले अति आवश्यक हुनुको साथै विलासिता र देखासिकीको रूपमा समेत प्रयोग हुँदै आएको छ । सामाजिक र धार्मिक परम्परासँग सुनको सम्बन्ध गाँसिदा पनि यसको प्रयोग बढेको हो । इज्जत तथा प्रतिष्ठा बढाउन सघाउने हुनाले सुनकोे महìव सामाजिक रूपमा पनि बढ्दै गएको छ । जस्तो कि बिहेमा अनिवार्य रूपमा सुनको प्रयोग हुन्छ, देवीदेउताका नाममा सुन चढाइन्छ, मरेको मानिसको नाममा दान दिइन्छ, जन्मदिनमा सुनका गहना उपहार दिइन्छ । हुनेलाई त यो चलन राम्रै लाग्ला तर नहुनेका लागि यो चलन बोझ बन्न पुगेको छ । सुनको मूल्य बढ्दै जाँदा परम्परागत रूपमा सुनको प्रयोग गर्नैपर्ने कार्य धान्न हम्मेहम्मे पर्ने अवस्था सिर्जना भएको छ । 

सुन मानिसलाई शुभकार्यदेखि अशुभ कार्यसम्म आवश्यक पर्ने कुरो माथि नै उल्लेख गरियो । फेरि सुनको प्रयोग सुरक्षाको दृष्टिकोणले पनि जोखिमपूर्ण छ । सुनकै कारणले मानिसको ज्यानसमेत गएका घटना पनि छन् । उपभोक्ताको व्रmयशक्ति घट्दै जानुु, बेरोजगारी हुुँदा सुन चोरी हुने सम्भावना उच्च छ । प्रतितोला सुनको मूल्य बढेर एक लाख ११ हजार आठ सय रुपियाँ पुगेपछि सुरक्षामा जोखिम बढ्दो छ । नक्कली सुनको गहनाको व्यापक प्रयोगले भने सुनको प्रयोग गर्नैपर्ने बाध्यताको केही हदसम्म अन्त्य भने भएको छ । 

संसारभरि नै सुनलाई पैसाको रूपमा प्रयोग गर्ने चलन छ । सम्पत्ति सुरक्षित गर्न पनि सुनको प्रयोग गरिन्छ । चीन, अस्टे«लिया, क्यानडा, दक्षिण अफ्रिका, रुस, पेरु, घाना, माली, इन्डोनेसिया, उज्वेकिस्तानलगायत देशमा सुुन उत्पादन हुने गर्छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार सन् २०२१ मा विश्वमा चार हजार पाँच सय टन सुनको माग रहेको थियो । कोभिडको कारण भएको आर्थिक मन्दीमा सन् २०२२ मा माग घट्यो । यस वर्ष तीन हजार पाँच सय टन माग रहेको थियो । सन् २०२३ मा आएर भने विश्वमा सुनको माग बढ्दै गएको बताइएको छ । 

मूल्य बढ्नुका कारण

एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । विश्वका केन्द्रीय बैङ्कले सुनको रिजर्व बढाउँदै जानु र सेयर बजार घट्नुले सुरक्षित लगानीको क्षेत्रका रूपमा सुन देखिएकाले यसको मूल्य बढ्दै गएको हो । पछिल्लो समय विश्वमा देखिएको आर्थिक सङ्कटका कारण अमेरिकाका सिलिकन, सिग्नेचर, रिपब्लिक बैङ्क र स्विट्जरल्यान्डको व्रmेडिट स्विस बैङ्क आर्थिक सङ्कटमा परेपछि लगानीकर्ताले बैङ्कमा रहेको रकम झिकेर सुनमा लगानी गर्न थालेपछि मूल्य बढ्न थालेको विज्ञहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा बलियो मुद्रा डलरको विकल्पमा सुन देखिएको छ । अहिले सुनको मूल्यमा देखिएको उतारचढाव मुख्यतः अमेरिका र चीनबिच देखिएको व्यापारिक तनावको कारण मानिन्छ । विश्वको सबैभन्दा ठुलो र दोस्रो ठुलो अर्थतन्त्रबिच उत्पन्न एक अर्काको वस्तुमा लगाउने आयात करको कारण लम्बिएको विवादले संसारभरिको अर्थतन्त्रको वृद्धिदरमा गिरावट आइरहेको छ । अर्थतन्त्र कमजोर हुँदा कम्पनीको सेयर मूल्यमा गिरावट आउँछ । सेयर बजार ओरालो लाग्दै गएपछि लगानीकर्ता सुनमा लगानी बढाउँदै जान्छन् । सुनमा लगानी बढ्दा यसको मागमा एक्कासि वृद्धि हुन्छ । माग वृद्धि हुनासाथ सुनको मूल्य पनि वृद्धि हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्वतः स्थानीय बजारमा पर्ने गर्छ । 

नेपालमा उत्पादन नहुँदा बाहिरी मुलुकबाट सुनको कच्चा पदार्थ आयात गरेर गहना बनाएर बजारमा बिक्री गर्ने गरिन्छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्य विश्व बजारमा लगानीको सुरक्षित क्षेत्रको रूपमा सुन देखिएकाले पनि यसको मूल्य बढ्दै गएको बताउनु हुन्छ । बैङ्क वित्तीय संस्थान आर्थिक सङ्कटमा परेपछि रकम झिकेर लगानीकर्ताले सुनमा लगानी गर्दै गएको र केन्द्रीय बैङ्कले सुनको रिजर्व बढाउदै जाँदा मूल्य निरन्तर बढ्दै गएको उहाँको पनि भनाइ छ । आगामी दिनमा पनि सुनको मूल्य अझै बढ्दै जाने अनुमान गरिएको छ । 

माग उच्च

विश्व बजारमा सुनको माग उच्च छ । ५० प्रतिशत गरगहना, ४० प्रतिशत लगानी र १० प्रतिशत औद्योगिक क्षेत्रमा माग रहेको छ । संसारको सबैभन्दा धेरै सुन खपत गर्ने देशमा चीन र भारत रहेका छन् ।  संसारभरि नै सुनलाई पैसाको रूपमा प्रयोग गर्ने चलन छ । सम्पत्ति सुरक्षित गर्न पनि सुनको प्रयोग गरिन्छ । सम्पत्तिका रूपमा सुनमा लगानी गर्नु पुरानो प्रचलन नै हो । लगानी गर्ने औजारका रूपमा सुन रहेको छ । उच्च तरलता र मुद्रास्फीतिको प्रभाव यसमा कम पर्ने भएकाले यसलाई अझै पनि सम्पत्तिको रूपमा प्रयोग गर्ने गरिन्छ । नेपालमा पनि सुनको माग बर्सेनि बढ्ने गरेको छ । व्यवसायीका अनुसार वार्षिक रूपमा १५ देखि २० प्रतिशतका दरले सुनको खपत वृद्धि हुने गरेको छ । पछिल्लो एक वर्ष यता पनि मूल्यवृद्धिका कारणले खपतमा गिरावट आएको छ । 

गुणस्तरमा विश्वासको भर

सुनको गुणस्तर मापन गर्ने कुनै मापदण्ड छैन । व्यवसायीले २२ र २४ क्यारेटको सुन बिक्री गर्ने गरेका छन् । गुणस्तरयुक्त सुन हो कि होइन भनेर परीक्षण गर्न प्रयोगशाला छैन । व्यवसायीले २४ क्यारेटको सुन भनेर बिक्री गर्दा ग्राहकले विश्वास गर्नुपर्ने अवस्था छ । सरकारले सुनचाँदी व्यवसायको नियमन र अनुगमनसमेत गरेको पाइँदैन । यसको नियमनका लागि नीति, नियमको समेत अभाव छ । व्यवसायीले सुनचाँदी व्यवसाय नियमन र व्यवस्थित गर्न निर्देशिकाको माग गर्दै आएका छन् तर अहिलेसम्म तयार हुन सकेको छैन । यसले राजस्वमा पनि असर गरेको छ । ग्राहकले पुराना गहना बिक्री गर्दा १० देखि १५ प्रतिशत कटाएर बिक्री गर्नुपर्ने अवस्था छ । व्यवसायीले ज्याला, जर्ती लागत कटाएर पुराना गहना खरिद गर्दा उपभोक्ता मारमा पर्ने गरेका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना सुनको गुणस्तर परीक्षण बिना बिव्रmी गर्दा उपभोक्ता ठगिने गरेको बताउनु हुन्छ । अर्बौं रुपियाँको कारोबार हुने व्यवसाय नियमन गर्न नीति, नियमको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । व्यवसायीले भने मेसिन खरिद गरी गुणस्तर परीक्षण गर्ने गरेको बताए पनि सरकारी स्तरबाट सुनको गुणस्तरको परीक्षण हुँदैन । 

एक खर्बको कारोबार

हाम्रो देशको स्थानीय बजारमा वार्षिक एक खर्ब रुपियाँ बराबरको सुनको कारोबार हुने गर्छ । सुनको कच्चा पदार्थ आयात गरेर विभिन्न डिजाइनका गहना बनाएर बजारमा पठाइने गरिन्छ । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार वार्षिक एक खर्बको कारोबार रहेको सुनचाँदी व्यवसायबाट सरकारलाई तीनदेखि चार अर्ब रुपियाँको राजस्व बुझाउने गरिएको छ । बजार मागको २५ प्रतिशत पुुराना गहना र ७५ प्रतिशत नयाँ गहनाबाट धानिन्छ । वार्षिक ३५ देखि ४० अर्ब रुपियाँको औपचारिक रूपमा सुन आयात हुने गर्छ तर ठुुलो परिमाणमा चोरी–तस्करीबाट आएको सुनले बजारको माग धान्ने गरेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार सिजनको बेला दैनिक ४० देखि ५० किलो सुन आवश्यक पर्ने गर्छ । नेपाल राष्ट्र बैङ्कले दैनिक २० किलो सुन आयातको कोटा निर्धारण गरेको थियो । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा २०७८ फागुनबाट झारेको छ । हाल बजारमा मूल्य बढेको कारण सुनको माग न्यून रहेकाले कोटाले माग धाने पनि सिजनको मेला अभाव रहने व्यवसायीको भनाइ छ ।

पाँच वर्षमा मूल्य झन्डै दोब्बर

स्थानीय बजारमा पछिल्लो पाँच वर्षको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै दोब्बरले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आर्थिक वर्ष २०७५ को वैशाख महिनामा प्रतितोला ५८ हजार तीन सय रुपियाँ रहेको सुनको मूल्य चालु आवको वैशाख महिनामा आएर प्रतितोला एक लाख ११ हजार आठ सय रुपियाँ पुुग्यो । पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार पाँच सय रुपियाँले मूल्य बढ्यो । 

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले २०७६ सालमा विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ र रुस–युव्रmेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको जानकारी दिनुभयो । विश्वमा फैलिएको कोरोना महामारीपछि विश्वका धनी लगानीकर्ता सुनमा आकर्षित भएकाले यसको मूल्य बढेको उहाँको तर्क छ । सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि यसतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको उहाँको भनाइ छ । महासङ्घका तथ्याङ्क अनुसार पाँच वर्षमा सुनको मूूल्य निरन्तर उकालो लागेको छ । 

आर्थिक वर्ष २०७६ मा सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपियाँमा कारोबार भएकोमा २०७७ सालमा एकै पटक तोलामा ३१ हजार पाँच सय रुपियाँले बढेर ९१ हजार रुपियाँ पुगेको छ । यस्तै आर्थिक वर्ष २०७८ मा सामान्य घटेर ९० हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । यस्तै २०७९ मा तोलामा आठ हजार तीन सय रुपियाँले बढेर ९८ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो । यस्तै २०८० वैशाख २१ मा तोलामा १३ हजार दुई सय रुपियाँले बढेर एक लाख ११ हजार आठ सय रुपियाँमा कारोबार भएको छ । आगामी दिनमा थप बढ्ने सङ्केत देखिएको व्यवसायीले बताएका छन् । 

आयात बढ्दै 

स्थानीय बजारमा सुनको खपत बढेसँगै आयातमा पनि वृद्धि भएको छ । सरकारले वैदेशिक रोजगारीमा गएका र विदेशमा बस्ने नेपाली स्वदेश फर्किंदा ५० ग्रामसम्म सुन ल्याउन छुट दिएको थियो । प्रतिदश ग्राम सुन आयात गर्दा आठ हजार पाँच सय रुपियाँ राजस्व तिर्नुपर्छ । 

विदेशमा काम गर्न गएका नेपालीले घरमा फर्कंदा सुन लिएर आउने गर्छन् । विभिन्न राष्ट्रिय वाणिज्य बैङ्कले सुन आयात गर्ने गरेका छन् । आयात गरेको सुन कोटाको आधारमा व्यवसायीलाई वितरण हुने गर्छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) सम्म ३७ अर्ब ३० करोड ७२ लाख ८३ हजार रुपियाँको सुन आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सो अवधिमा ३३ अर्ब ६२ करोड ४३ लाख ८४ हजार रुपियाँको सुन आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको थियो । 

विभागको तथ्याङ्क अनुसार आव २०७२/०७३ मा १६ अर्ब ७ करोड रुपियाँको सुन आयात भएको थियो । आव २०७३/७४ मा २३ अर्ब २३ करोड रुपियाँको आयात भएको थियो । आव २०७४÷०७५ मा ३१ अर्ब ८७ करोड रुपियाँको सुन आयात भएको छ भने आव २०७५÷०७६ मा ३४ अर्ब ६१ करोडको रुपियाँको सुन आयात भएको छ । आव २०७६/७७ मा भने १४ अर्ब रुपियाँ बराबरको मात्रै सुन आयात भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा २७ अर्ब ३४ करोड ३९ लाख रुपियाँको सुन आयात भएको थियो । नेपालले स्विट्जरल्यान्ड, टर्की र युएईबाट सुन आयात गर्दै आएको छ ।

कारोबार ३० प्रतिशतले घट्यो

सुनको मूल्य लगातार बढ्दै गएपछि सिजनमा पनि कारोबारमा कमी आएको छ । वैशाख र जेठ महिना बिहेको सिजन भएकाले सुनको कारोबार बढ्नुपर्ने भए पनि यसपालि बढ्न नसकेको व्यवसायीको भनाइ छ । सधैँजसो भिडभाड हुने न्युरोडका सुनपसलमा अहिले भिड देखिँदैन । महासङ्घका अनुसार आर्थिक सङ्कटका कारण माग कम हुँदा सुनको कारोबार घटेर ७० प्रतिशतमा झरेको छ । उपभोक्तामा व्रmयशक्ति नहुँदा बजारमा सुनको माग घटेको व्यवसायीको भनाइ छ । महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले मूल्य बढेकाले बजारमा सुनको कारोबार बढ्न नसकेको बताउनुभयो । “आर्थिक मन्दीका कारण उपभोक्ताको व्रmयशक्ति बढ्न नसक्दा बजारमा सुनको माग नै कम छ”, उहाँले भन्नुभयो, “अति आवश्यक पर्नेले पनि कम परिमाणमा सुन खरिद गरेर काम चलाउने गरेका छन् ।”

बजारमा अहिले नयाँ गहना खरिदसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहकको सङ्ख्या बढी रहेको व्यवसायीको भनाइ छ । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण सुनको कारोबार बढ्न नसक्दा भर्खर खुुला भएका साना साना पसल बन्द हुुन थालेका छन् । व्यवसायीले सुनको मूूल्य वृद्धिसँगै कारोबार घटेपछि सटर भाडा तिर्न नसक्ने अवस्था भएको छ । त्यसैले सुन पसल बिक्री गरेर उनीहरूले अन्य व्यवसाय गर्न थालेका छन् ।