• २७ पुस २०८१, शनिबार

अख्तियार धाउँदै नागरिक समाज

blog

रमेश पौडेल

पोखरा, जेठ ६ गते । मुलुकमा बढ्दो भ्रष्टचार र अपारदर्शिता देखिएपछि पोखराको नागरिक समाजले अख्तियारको कार्यालय पोखरा घचघच्याएको लामो समय भयो। तर कुनै पनि निर्णय बाहिर आउन सकेको छैन। नागरिक समाजका आगुवा रामबहादुर पौडेलले सार्वजानिक जग्गा मिचेको भन्दै धेरै पटक उजुरी दिनुभयो तर सुनुवाइ नहुँदा उहाँ दुःखित हुनुहुन्छ। 

पोखराका चोक, सार्वजानिक चौतारा र पोखरी मासिसकेका छन्। फुस्रेखोला, सेतीनदी, फिर्के खोला, विजयपुर खोलालगायतका किनारसमेत अतिव्रmमण भएका छन्। फेवाताल झन् सबैभन्दा ठुलो मारमा परेको छ। कहिले ६५ मिटरको मापदण्ड हुन्छ त कहिले ३० मिटरमा टुङ्गिन्छ। सर्वोच्च अदालत, पोखरा महानगरपालिका र पोखरा उपत्यका विकास समितिका निर्णयहरू आपसमा मेल नखाँदा ताल आसपासमा बस्नेलाई झनै हैरानी भएको छ। 

नागरिक अगुवा पौडेलले भन्नुभयो, “रामसार सूचीमा समेटिएको पोखराको फेवातालकै सिरानको सिमसार क्षेत्रमा माटो हालेर पुरेपछि अर्को निवेदन दिनुभयो तर केही गुन्जायस नै भएन।” पोखरा उपत्यका विकास समिति र पोखरा महानगरपालिकाले लगाएको फिर्के खोला वरपर गरी १० मिटर र सेती नदीको वरपरमा बस्ती हेरी ३० देखि ५० मिटरको मापदण्ड कायम गरिएको छ।  तर अधिकांश ठाउँ भने मिचिएको पोखरा महानगरपालिकाका प्रवक्ता मेतीराम तिमिल्सिनाले स्वीकार गर्नुभयो। अर्का नागरिक अगुवा विष्णुप्रसाद बरालले अख्तियार कार्यालय, पोखराकै अगाडि रहेको श्री कृष्ण माविको अनियमितताबारे उजुरी हाल्दा केही कारवाही हुन सकेको भन्दै अख्तियार मुकदर्शक बनेर बसेको बताउनुभयो। 

अख्तियार कार्यालय, पोखराका उपसचिव एवं सूचना अधिकारी जीवनचन्द्र राईले नागरिकको भरोसा अख्तियार रहेको भन्दै नागरिक अगुवाबाट आएका हरेक विषयलाई यस आयोगले मनन गरिरहेको बताउनुभयो। आयोगमा आएका त्यस्ता उजुरीउपर अध्ययन गरी सम्बन्धित निकायलाई पत्रचार गरी कारवाही अगाडि बढाउन सचेत गराइएको उहाँको भनाइ छ। 

अख्तियार कार्यालयमा कतिपय अनावश्यक उजुरी आए पनि त्यसलाई सम्बन्धित कार्यालयमा पठाइएको र कतिपयमा क्षेत्राधिकार नै नहुँदा काम गर्न नसकिएको राईले बताउनुभयो। सो कार्यालयमा यस आर्थिक वर्षमा विभिन्न क्षेत्रबाट परेका एक हजार एक सय ८७ उजुरीमध्ये ६५५ उजुरी फस्र्योट गरिएको राईले जानकारी दिनुभयो।