• १३ मंसिर २०८१, बिहिबार

बुटवलमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

blog

बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रम। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली 

सिद्धार्थनगर,जेठ ३ गते। रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा भएको छ। बुधबार एक समारोहका बिच नगर प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभयो।

उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिसका आधारमा  जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा उहाँको भनाइ छ।

नगर प्रमुख पाण्डेयले भन्नुभयो,‘‘बुटवलमा कुनैपनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको छ  यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरिएको छ।’’ नगर उपप्रमुख सावित्रीदेवी अर्यालले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। 

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बुटवलले खोप दिगोपना सुनिश्चित गर्न हरेक पटक अगाडि नै काम गरेको र सम्पूर्ण सुविधा प्रदान गरेको बताउनुभयो।

स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलले १६ महिनादेखि दुई वर्षसम्मका बालबालिकाले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूर्ण खोप लगाएको र पूर्ण खोप सुनिश्चित गर्दै आवश्यक मापदण्ड पूरा गरेको जानकारी दिनुभयो।