• ७ वैशाख २०८१, शुक्रबार

गोरखापत्रकर्मी यादवसहित तीन जनालाई तारा सम्मान

blog

इनरुवा, जेठ ३ गते। साहित्य र पत्रकारिता क्षेत्रमा विषेश योगदान गर्नुभएको भन्दै गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई अपन स्वर्ग नेपालले वार्षिक उत्सव कार्यक्रममा सम्मान गरेको छ।कोशी प्रदेशका विभिन्न विधामा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने क्रममा यादवलाई सम्मान गरेको हो।

वार्षिक उत्सव कार्यक्रममा कोशी प्रदेशमा रहेर नेपाली साहित्य र कालाकारितामा विशेष योगदान गर्दै आउनुभएका भरत गुरागाईलाई तारा सम्मानबाट सम्मानित गरेको छ।

अपन स्वर्ग नेपालले राष्ट्रिय तारा सम्मानबाट साहित्यकार भरत गुरागाई, मैथिली चलचित्रकर्मी संघका अध्यक्ष सन्तोष सरकार र सुनसरी जिल्ला आदालत नेपाल बार एसोसिएसन इकाईका कोषाध्यक्ष एवम् संस्थाका सल्लाहकार विद्धवान अधिवक्ता पंञ्चदेव मेहतालाई सम्मानित गरेको हो।

मंगलबार संस्थाको वार्षिक उत्सव कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानबाट साहित्यकार गोपाल कोइराला (त्यागी), प्रमानन्द मेहता, दरपी पण्डित, पूर्व डिआईजी ऐनवीर जङ्ग राणा, सुनरवती मेहता सतिहलाई सम्मान गरेको संस्थाका अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो ।

वर्णमाला दैनिकका राजेन्द्र पोख्रेल, आवर सुनसरीका गणेश यादव, प्रतिक्षण दैनिकका इकबाल अन्सारी, सत्य संसारका सुरेन्द्र कुशवाहा मेहता, ब्लाष्ट टाइम्स दैनिकका अमर काफ्ले सहितलाई सम्मान गरेको छ।

उहाँका अनुसार सल्लाहकार एसएन मेहतासहित ५० जना विशिष्ट व्यक्तिहरुलाई विभिन्न विधाको सम्मानबाट सम्मान गरिएको छ।वार्षिक उत्सव कार्यक्रममा नेपाली, मैथली, थारु र भोजपुरी तथा उराँव समुदायका कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा कविलाई सम्मान गरिएको छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे हुनुहुन्थ्यो।