• ८ वैशाख २०८१, शनिबार

गोरखापत्रका ऐतिहासिक तस्बिरमा मदन भण्डारी (फोटो फिचर)

blog

काठमाडौंको टुँडिखेलमा भाषण गर्नुहुँदै स्व.मदन भण्डारी ।

काठमाडौं, जेठ ३ गते । वि.सं. २०५० साल जेठ ३ गते दासढुङ्गा दुर्घटनामा नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भयो । बुधबार भण्डारीको निधन भएको ३० वर्ष पुगेको छ । नेकपा (एमाले)सहित नेपालका कम्युनिस्ट पार्टीले विभिन्न कार्यक्रम गरेर बुधबार भण्डारीको सम्झना गरेका छन् ।

यसै सन्दर्भमा मदन भण्डारीको राजनीतिक सक्रियता दासढुंगा दुर्घटनापछि नेपाली राजनीतिमा खड्किएको उहाँको अभाव, परिवारमा परेको गहिरो दुःखलाई समेटेर गोरखापत्र दैनिकमा प्रकाशित फोटो संकलन गरिएको छ । 


मदन भण्डारी तथा उहाँका धर्मपत्नी विद्यादेवी भण्डारी । उहाँकी धर्मपत्नी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्नुभयो । 

खुल्ला मञ्चमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै स्व.मदन भण्डारी



२०५० साल जेठ ३ गते दासढुङ्गा दुर्घटनामा ज्यान गुमाउनु भएका मदन भण्डारीको शवयात्रा

२०५० साल जेठ ३ गते दासढुङ्गा दुर्घटनामा कम्युनिस्ट नेता मदन भण्डारीको निधनपछि उहाँका धर्मपत्नी विद्यादेवी भण्डारीसँग अन्तरवार्ता लिनुहुँदै
गोरखापत्रका पत्रकार सीताराम अग्रहरि र दि राइजिङ नेपालका प्रकाश रिमाल ।



गोरखापत्र संस्थानमा प्रदर्शनीमा राखिएका स्व.मदन भण्डारीको तस्बिर अवलोकन गर्नु हुँदै सर्वसाधारण


स्व.मदन भण्डारीको बुवा देवीप्रसाद भण्डारीको तस्बिर


स्व.मदन भण्डारीको आमा चन्द्रकान्त भण्डारी