• ६ जेठ २०८१, आइतबार

खानेपानीको पाइप फुटेपछि जलमग्न सडक (फोटो फिचर)

blog

खानेपानीको पाइप फुटेपछि जलमग्न भएको वीर अस्पताल अगाडिको सडक । तस्बिर : कविता थापा

काठमाडौं, जेठ १ गते । वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । सोमबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको हो । सडक जलमग्न भएपछि सवारी साधनहरूलाई आवतजावत गर्न समस्या भएको छ । साथै पैदल यात्रुहरूको यात्रा सकसपूर्ण बनेको छ ।