• १५ वैशाख २०८१, शनिबार

कृषकलाई १० लाख रुपियाँ बराबरको औजार बितरण

blog

किसानलाई कृषि औजार बितरण गरिंदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ३१ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसानलाई कृषिऔजार बितरण गरिएको छ । नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकलाई साना कृषिऔजार बितरण गरिएको हो । 

२९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामग्रीहरु बितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । कृषकलाई कृषि तथा पशुपालनमा उत्साहित बनाउन औजार बितरण गरिएको उहाँको भनाइ छ ।

नगरपालिका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा करिव १० लाख रुपियाँ बराबरको साना कृषि औजार (पशुपन्छी) ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामग्रीहरु बितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले बताउनुभयो ।  

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकहरुको समय र मेहनतको बचत गर्न तथा पशुपालक कृषकलाई सो काममा अग्रसर बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय युवाको कृषिमा सहभागिता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग गर्ने समेत बताउनुभयो ।