• १४ मंसिर २०८१, शुक्रबार

शान्ति निकुञ्ज विद्यालयका पूर्व विद्यार्थी सम्मानित

blog

कार्यक्रममा पुस्तक लोकार्पित गरिदै ।

गोरखापत्र समाचारदाता

काठमाडौं, बैशाख ३१ गते । वि.सं. २००२ सालमा स्थापित नेपालको दोस्रो स्कूल  शान्ति निकुञ्ज माध्यमिक विद्यालयको पूर्व विद्यार्थी संघको २५ औं स्थापना दिवस मनाइएको छ । पूर्व विद्यार्थी महारथी प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोती शोभा श्रेष्ठ, इन्द्रमान रञ्जित, ललिता देवी, पुष्प बहादुर चित्रकार, शिवबहादुर नेपाली प्रधान, सुमित्रा मानन्धरलगायत करिब २० जना जेष्ठ पूर्व विद्यार्थीलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमा पूर्व विद्यार्थीको लेख रचना समेटिएको स्मारिका ‘शान्ति कुञ्ज’ विमोचन गरिएको थियो । अनिता मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थी अतिथि तथा प्रदेश सभासदहरु शैलेन्द्र बज्राचार्य, समिता खड्गी श्रेष्ठ, पूर्व प्रधानाध्यापकहरु, पूर्व अध्यक्षहरु र वर्तमान अध्यक्ष राधेश्याम प्रधानले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महारथी प्रधान सेनापति शर्माले संघका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो ।