• ११ मंसिर २०८१, मङ्गलबार

आजबाट ‘हल्कारा’

blog

काठमाडौँ (गोरखापत्र), वैशाख २९ गते । चलचित्र ‘हल्कारा’ को प्रदर्शनी शुक्रबारदेखि सुरु हुँदै छ । चलचित्रको विशेष प्रदर्शनी बुधबार नै भइसकेको छ । बानेश्वरस्थित वान सिनेमाजमा प्रिमियर गरिएको ‘सो’ मा प्रतिनिधि सभा सदस्यहरू रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवालीलगायत चलचित्रकर्मी तथा पत्रकारको उपस्थिति थियो । 

चलचित्रबारे प्रतिव्रिmया दिँदै सहभागीले नेपाली चलचित्रको इतिहासका लागि एउटा परिपक्व चलचित्र थपिएको बताए । हरेक घरमा भएको कथालाई चलचित्रमा सुन्दर तवरले व्यक्त गरेको उहाँहरूको प्रतिव्रिmया थियो । चलचित्र कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा चलचित्रमा उतारिएको छ ।  

महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख अभिनय रहेको चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुनुहुन्छ । चलचित्रमा विप्लव प्रतीक र आकाश बरालले सहलेखन गर्नुभएको छ । चलचित्रमा महेश र विनीताका साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, प्रकाश दाहाललगायतको अभिनय छ ।

राष्ट्रिय युवा प्रतिभा सम्मान छनोट

काठमाडौँ (गोरखापत्र), वैशाख २८ गते । राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि ‘वी विल राइज फाउन्डेसन’ छनोट भएको छ । पर्यटन प्रवद्र्धन तथा सामाजिक सेवामा सक्रिय उक्त फाउन्डेसनलाई युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पुरस्कार प्रदान गर्ने छ । मन्त्रालयद्वारा पर्यटन प्रवद्र्धन तथा सामाजिक सेवामा महŒवपूर्ण योगदान पु-याएकोमा फाउन्डेसनलाई सम्मानका लागि छनोट गरिएको हो । फाउन्डेसन २०७२ को महाभूकम्पपछि स्थापना भएको हो । 

मन्त्रालयले युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ अनुसार मूल्याङ्कन भई खुला प्रतिस्पर्धाका आधारमा फाउन्डेसनसहित विभिन्न विधामा १० युवालाई सम्मानका लागि छनोट गरिएको जनाएको छ । कृषितर्फ हीराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डङ्गौरा, युवा सशक्तीकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन प्रवद्र्धनतर्फ सिर्जना वली, समाज सेवातर्फ सौरभ रिमाल, विज्ञान तथा प्रविधितर्फ दीपेन्द्र नेपाली र स्वास्थ्यतर्फ डा. राम थापा क्षेत्री छनोट हुनुभएको मन्त्रालयले जनाएको छ ।