• १३ मंसिर २०८१, बिहिबार

बालबालिकामा कुपोषण

blog

कावासोती समाचारदाता 

कावासोती, वैशाख २७ गते । नवलपुर जिल्लामा १७६ बालबालिकामा कुपोषण भएको पाइएको छ । व्यस्त जीवनशैली र सन्तुलित आहाराको व्यवस्थापन गर्न नजान्दा बालबालिका कुपोषणबाट प्रभावित हुने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनुभयो । 

साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा १११ जनामा शीघ्र कुपोषण पाइएको छ भने ६५ बालबालिकामा मध्यम खालको कुपोषण देखा परेको स्वास्थ्य प्रमुख चापागाईंले बताउनुभयो । यीमध्ये ३७ बालिकामा कडा, ५३ जनामा मध्यम र २८ जना बालकमा कडा साथै ५८ जनामा मध्यम कुपोषण देखा परेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

पालिकामध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा १८ बालबालिकामा शीघ्र कुपोषण पाइएको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाले बताउनुभयो । जनस्वास्थ्य अधिकृत नागिलाले कुपोषणबाट बच्चालाई जोगाउन प्रमुखतामा जन्मेदेखि ६ महिनासम्म बच्चालाई आमाको स्तनपान निरन्तर गराउनुपर्ने बताउनुभएको छ । छ महिनापछि आमाको दुधसँगै शक्ति, वृद्धि र रक्षावर्धक पोसिलो खाना खुवाउनुपर्ने  उहाँ बताउनुहुन्छ ।