• २३ असार २०८१, आइतबार

अवैध सामानसहित भारतीय ट्रक प्रहरी नियन्त्रणमा

blog

अवैध सामानसहित समातिएको भारतीय ट्रक । तस्बिर : लिलाराज खड्का

लिलाराज खड्का

बिर्तामोड, वैशाख २१ गते । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले लाखौँ रुपियाँ मूल्यको अवैध सामानसहित एक चालकलाई ट्रकसहित पक्राउ गरेको छ । 

बिहीबार बिहान साढे ८ बजेको समयमा झापा मेचीनगर नगरपालिका वडा –६ स्थित कालिखोला छेउबाट पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको डब्लुवी ७३ ए ४२६६ नम्बरको भारतीय ट्रक भन्सार छलि ट्रकका क्याबिनलगायतमा लुकाई लैजादैंगरेको अवस्थामा स्मार्ट मोबाइल ३५ थान, टायल्स २४ कार्टुन, २ कार्टुन औषधि, राधे–राधे लेखिएको गम्छा ३७८० पिस गरी १० लाख ९० हजार १७० रुपियाँको सामान र ट्रक पक्राउ गरेको प्रहरीको भनाइ छ । 

करिब २२ लाख ९० हजार १७० रुपियाँको मूल्याङ्कन गरी मेची भन्सार कार्यालय काँकडभिट्टालाई बुझाइएको र ट्रक चालक भारत जल्पाईगुडी बुलेट पञ्चायत थाना कर्तली बस्ने वर्ष ३८ को निरञ्जन राय समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।