• ७ वैशाख २०८१, शुक्रबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. एसीसी प्रिमियर कप क्रिकेट २०२३ को उपाधि कसले जित्यो ?

नेपाल

२०२३ अप्रिल १८ देखि मार्च २ सम्म नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको । फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । 

नेपाली खेलाडी गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए । यस्तै नेपालका कुशल भुर्तेल एक, आसिफ शेख आठ र कप्तान रोहितकुमार पौडेल एक रनमा आउट भएका थिए । युएईका रोहन मुस्ताफाले दुई र आयन अफजल खानले एक विकेट लिएका थिए ।

मार्च १ मा वर्षाले खेल स्थगित भएपछि मार्च २ मा खेललाई निरन्तरता दिइएको थियो । मार्च १ मा सुरु खेलमा नेपालले टस जितेपछि ब्याटिङमा आएको युएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो । त्यही स्कोरबाट सुरु गरेको युएई ५.४ ओभर मात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो ।

यस प्रतियोगितामा कुल १० राष्ट्रको सहभागिता थियो । जसमा समूह ‘ए’अन्तर्गत नेपाल, ओमन, मलेसिया, साउदी अरब र कतार तथा समूह ‘बी’ तर्फ युएई, कुवेत, हङकङ, बहराइन र सिङ्गापुर थिए । 


२. केन्द्रीय तथ्याङ्क विभागको नाम परिवर्तन गरी के बनाइएको छ ?

राष्ट्रिय तथ्याङ्क कार्यालय

वि.सं. २०७९ कात्तिक ३

तथ्याङ्क ऐन, २०७९ अनुसार तथ्याङ्क सङ्कलन, प्रशोधन, भण्डारण, प्रकाशन तथा वितरणको जिम्मा पाएको यो कार्यालयलाई विधिवत रूपमा ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’ नामकरण गरिएको । 

राष्ट्रिय योजना आयोग मातहत रहेको सो निकाय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत रहने ।

राष्ट्रिय योजना आयोगअन्तर्गत रहे पनि तथ्याङ्क विभाग प्राविधिक रूपले स्वायत्त निकायका रूपमा स्थापित भएको सम्बन्धित अधिकारीहरूको भनाइ रहेको । 

साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीका रूपमा नेपाल सरकारका सचिव रामप्रसाद थपलिया (२०७९ फागुन २९)ले जिम्मेवारी पाएका ।

तथ्याङ्क ऐन, २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐनअनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था गरिएको । 


३. प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कहिले सम्पन्न भएको हो ? 

वि.सं. २०८० वैशाख १०

वि.सं. २०८० वैशाख १० मा सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका । 

चितवन क्षेत्र नं. २ बाट सो दलका सभापति रवि लामिछाने र तनहुँ–१ बाट सोही दलका उम्मेदवार डा. स्वर्णिम वाग्ले निर्वाचित भएका । 

रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका । लामिछाने आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ४२ हजार ९६२ मतान्तरले निर्वाचित भएका । ४ मङ्सिरको चुनावमा सबैभन्दा धेरै मतान्तरले सांसद चुनिएका लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका । 

निर्वाचन आयोगका अनुसार तनहुँ क्षेत्र नं. १ मा स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका । 

बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका । 


४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई–पासपोर्ट पु-याउने लक्ष्य रहेको छ ? 

सन् २०३०


५. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त एवं प्रभावकारी बनाउने उद्देश्यका साथ कति वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ ? 

१० वर्षे (वि.सं. २०७७ चैत २५ मा)


६. सबैभन्दा बढी विप्रेषण भित्र्याएबापत राष्ट्र बैङ्कबाट सम्मानित (वि.सं. २०८० वैशाखमा) वाणिज्य बैङ्क कुन हो ?

हिमालयन बैङ्क

वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी विप्रेषण 

भिœयाउन सफल । 

बैङ्कले आ.व. २०७८÷७९ मा कुल विप्रेषणको १६.९० प्रतिशत रकम भिœयाएको । 

विगत लामो समयदेखि हिमाल रेमिटमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको । 


७. चलचित्र पत्रकार सङ्घ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’बाट कसलाई सम्मानित ग-यो ?

शान्तिप्रिय (पुरस्कार राशि रु. ५५,५५५।–)

राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान (२०८०) : पत्रकार तुलसी गिरी भावुक र श्रीराम सिग्देल

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (२०८०) : कुवेर डङ्गोल र दीपज्योति थापा

राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार : 

सृष्टि पोखरेल 

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार (मोफसल) : 

रवि अधिकारी


८. विश्वको सबैभन्दा अग्लो मूर्ति कुन हो ? 

स्टेच्यु अफ युनिटि (भारत)

उचाइ : १८२ मिटर (५९७ फिट)

आइरन म्यान अफ इन्डिया भनेर चिनिने स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री एवं गृहमन्त्री सरदार बल्लभभाइ पटेलको उक्त मूर्ति विश्वकै अग्लो मूर्तिका रूपमा रहेको । 

मूर्ति गुजरात राज्यको नर्वदा नदीमा बाँध बनाउँदा बनेको ठूलो तलाउ सरदार सरोवरको निकटमा रहेको । 

मूर्तिका डिजाइनर राम भि. सुतार रहेका । 

मूर्तिको निर्माण अवधि सन् २०१३ अक्टोबर–२०१८ अक्टोबर रहेको ।


९. बिम्स्टेकको हालका महासचिव को हुन् ?

तेन्जिन नेकफेल (भुटान)

उनी सन् २०२० नोभेम्बर ६ मा नियुक्त भएका । 

बिम्स्टेक महासचिवको कार्यकाल तीन वर्षको हुने ।

सचिवालय बङ्गलादेशको ढाकामा रहेको ।

बिम्स्टेकको हालसम्मका महासचिवहरू


१०. नेपालमा लेखक दिवस कहिले मनाइन्छ ?

वैशाख १६

(वि.सं. २०८० देखि मनाउन सुरु गरिएको ।)


११. पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकाली केबलकारको औपचारिक रूपमा उद्घाटन कहिले गरिएको हो ?

वि.सं. २०८० वैशाख १८ (वि.सं. २०७० वैशाख १ मा परीक्षण सञ्चालनमा ल्याइएको ।)


१२. सरकारले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपियाँँ राहत दिने कार्यविधि कहिले पास गरेको हो ?

वि.सं. २०८० वैशाख ६

कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिने । 

लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइने ।

पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाइने र विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अयोग्य लडाकुलाई राहत रकम उपलब्ध गराउने । 

अयोग्य लडाकु पहिचानको आधार अनमिनले तयार गरेको प्रतिवेदनलाई मानिने ।


१३. वसुन्धराश्री पुरस्कार, २०८० बाट सम्मानित व्यक्तित्व को हुन् ?

डा. सन्दुक रुइत

यस पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको । 

पहिलो पटक यो पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको । त्यस्तै मानश्री पुरस्कार, २०८० महावीर पुनलाई प्रदान गरिएको ।

वसुन्धरा मान प्रतिष्ठानद्वारा प्रदान गरिने दुवै पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको । 


१४. १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) को मध्यावधि समीक्षाअनुसार लक्ष्य पूरा हुन कठिन देखिएको क्षेत्र कुन हो ?

सुशासन 

आवधिक योजनाको मध्यावधि समीक्षाले तीन आर्थिक वर्षसम्म चार लक्ष्य पूरा भएको, पाँच लक्ष्य प्राप्ति उन्मुख र एउटा लक्ष्य पूरा हुन कठिन रहेको देखिएको ।

समीक्षामा राष्ट्रिय लक्ष्यका प्रगतिलाई हरियो, पहेँलो र रातो गरी तीन सङ्केत दिइएको । लक्ष्य प्राप्त गरेको (७५ प्रतिशत सूचकका लक्ष्य पूरा भएको)लाई हरियो, लक्ष्य प्राप्ति उन्मुख रहेको (५० प्रतिशत सूचकका लक्ष्य पूरा भएको)लाई पहेँलो र लक्ष्य प्राप्त गर्न कठिन (५० प्रतिशत सूचकको लक्ष्य प्राप्त गर्न कठिन) भएकोलाई रातो सूचक दिइएको । जसअनुसार १० राष्ट्रिय लक्ष्यमध्ये चारवटाले हरियो, पाँचवटाले पहेँलो र एउटाले रातो सङ्केत प्राप्त गरेका । 

हरियो : लक्ष्य प्राप्त गरेको (७५ प्रतिशत सूचकका लक्ष्य पूरा भएको)

पहेँलो : लक्ष्य उन्मुख रहेको (५० प्रतिशत सूचकका लक्ष्य पूरा भएको)

रातो : लक्ष्य प्राप्त गर्न कठिन (५० प्रतिशत सूचकहरूको लक्ष्य प्राप्त गर्न कठिन)   



प्रस्तुतकर्ता : टङ्क केसी