• ४ पुस २०८१, बिहिबार

अशोकलाई जापानमा रजत

blog

उपाधि विजेता अशोक खड्का ।

काठमाडौँ, वैशाख ९ गते । नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ ।

जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पार्नुभएको हो । 

नेपालकै अर्का खेलाडी नन्द विष्टले काश्य पदक जित्नुभयो । उहाँले ६.१० अङ्क बनाउनु भएको थियो । सो समूहमा कम्बोडियाका खेलाडीले स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगितामा अशोकले अब आइतबारदेखि सुरु हुने ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । अशोकबाहेक रविन्द्र मल्ल पनि जापान ओपनमा निर्णायकको जिम्मेवारीमा हुनुहुन्छ ।