काठमाडौं, वैशाख ४ गते । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
वि.सं १९८१ मा जन्मनुभएका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं. २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित हुनुभएको थियो । गत चैत २४ गते ९७ वर्षमा उहाँको निधन भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख गते ५ गते अपराह्न २ बजेर ३१ मिनेटमा बस्नेछ ।