• २२ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री साउद

blog

नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउद । तस्बिर : कविता थापा

काठमाडौं, वैशाख ३ गते । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताउनुभएको छ । आइतबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उहाँले सो कामलाई अघि बढाइहाल्ने बताउनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताउनुभएको हो। 

उहाँले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री साउदले छिमेकीसहितका देशसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ठ बनाउँदै लैजाने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘‘नेपाल शान्तिपूर्ण मुलुक हो । संसारका सबै देशसँग इतिहासदेखि नै हाम्रो अत्यन्त सौहार्दपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध छ । हामीले आगामी दिनमा पनि विश्वभरिका देशसँग, छिमेकीसँग सम्बन्धलाई घनिष्ठ बनाउँदै लैजाने छौँ । यसरी हामी नेपाल एउटा शान्तिप्रिय देशको रूपमा, एउटा लोकतान्त्रिक देशको रूपमा विश्वभरि चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु । भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यूलगायतका टिमहरू त्यसमा संलग्न हुनुहुन्छ । म सबै कुराको बारेमा ब्रिफिङ लिएर त्यसको बारेमा भन्नेछु ।’

मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्च पदस्थ कर्मचारीले मन्त्री साउदको स्वागत गर्नुभएको थियो ।  

यो पनि पढ्नुहोस

राष्ट्रपतिसमक्ष परराष्ट्रमन्त्री साउदद्वारा शपथ

पराष्ट्रमन्त्री साउदद्वारा पदभार ग्रहण