काठमाडौं, वैशाख १ गते । नेपाली सेनाका युनिटअन्तर्गत कोरोना महामारीका बेलामा प्रयोग गर्न बनाइएको 'होल्डिङ सेन्टर' प्रयोग विहीन भएको पाइएको छ । महालेखा परीक्षणको ६० औं वार्षिक प्रतिवदेन २०७९ मा अर्बौं खर्च गरेर बनाएका होल्डिङ सेन्टर प्रयोगविहीन रहेको पाइएको हो ।
२०७८/३/३ गते मा खरिद गरी झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा एक हजार बेड क्षमता ६ होल्डिङ सेन्टर रु दुई अर्ब १६ करोड ३५ लाख खर्च गरेर निर्माण गरिएको हो ।
जडान गरिएको अस्सिजन आपूर्ति उपकरण, बिरामी बेड तथा सोमा प्रयोग गरिएका अन्य स्वास्थ्य सामग्री होल्डिङ सेन्टर सञ्चालन नभएका कारण प्रयोगविहीन अवस्थामा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ति सामग्री अन्य विपद व्यवस्थापनमा उपयोग गर्न व्यवस्था मिलाउन महालेखाले आग्रह गरेको छ ।