• १३ असोज २०८१, आइतबार

जलस्रोतको विकास गर्न त्रिपक्षीय सम्झौता सम्भव छ : डा. शर्मा

blog

सांसद डा. सुनीलकुमार शर्मा ।

काठमाडौं, चैत २७ गते । प्रतिनिधि सभाका सांसद डा. सुनीलकुमार  शर्माले नेपालको जलस्रोतको विकासका लागि नेपाल, भारत र बङ्गलादेशका व्यापारीबिच त्रिपक्षीय सम्झौताको सम्भावना रहेको बताउनु भएको छ । 

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आफ्नो हालैको भारत भ्रमण र त्यहाँका व्यवसायीसँग भएको संवादबारे सदनमा आफ्नो विचार राख्दै सांसद शर्माले सो जानकारी दिनुभएको हो । 

डा. शर्माले भन्नुभयो, ‘‘नेपालले जलाशयमा आधारित ३० हजार मेगावट बिजुली उत्पादन हुन सक्ने क्षमता छ, त्यसो गर्न सकेमा देशको आर्थिक अवस्था माथि जाने थियो र हाम्रा विद्यार्थीले पनि राम्रो स्कुलमा पढ्न सक्ने थिए ।’’