• १३ असोज २०८१, आइतबार

प्रतिनिधि बैठकको शून्य समयमा सांसद ढकालको मौनधारण

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल ।

काठमाडौं, चैत २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गर्नु भएको छ ।

सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले सो समय मौनधारण गरेर व्यथित गर्नु भएको हो ।

उहाँले भन्नु भयो, ‘‘सम्माननीय सभामुख महोदय,...यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद ।’’

प्रतिनिधि सभा नियमावली अनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिनु भएका सांसद ढकालले भन्नुभयो, ‘‘सम्माननीय सभामुख महोदय,...’ भनेर मौन बस्नु भयो । र पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’’ भनेर आफ्नो भनाई अन्त्य गर्नु भएको थियो ।