• १४ वैशाख २०८१, शुक्रबार

साबुन उद्योग सञ्चालन

blog

राधा लुइँटेल

फिदिम, चैत १७ गते ।  पाँचथरको फालेलुङ गाउँपालिकाका एक युवकले २५ लाख रुपियाँ लगानी गरेर गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याएका छन् ।

पाँच वर्षसम्म मलेसियामा रोजगारी गरेर फर्किनुभएका फालेलुङ–३, ताङ्लेपाका प्रयास केरुङले दैनिक दुई सयवटा साबुन उत्पादन गर्न सक्ने क्षमताको उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

केरुङले सञ्चालनमा ल्याउनुभएको उद्योगलाई ‘फालेलुङ साबुन उद्योग’ नाम दिइएको छ । जुन उद्योगबाट लुगा धुने साबुन उत्पादन गर्न थालिएको हो । साबुन उत्पादनका लागि चाहिने कच्चा पदार्थ विराटनगरदेखि ल्याउने गरेको उहाँले बताउनुभयो । उद्योगबाट २५० ग्रामका साबुन उत्पादन भइरहेका छन् । उत्पादन भएको साबुन प्रतिगोटा ३५ रुपियाँले बिक्री भइरहेको पनि उहाँले सुनाउनुभयो । “विदेशमा सिकेको सीपबाट उद्योग सञ्चालनमा ल्याएको छु,” केरुङले भन्नुभयो । युवालाई उद्यमशील बनाउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।