• ८ वैशाख २०८१, शनिबार

चैते दशैंमा अछामका स्थानीय तहले दिए बिदा

blog

शिवराज ढुंगाना 

मंगलसेन, चैत १५ गते । मङ्गलसेन नगरपालिका र ढकारी गाउँपालिकाले चैते दशैंको अवसरमा आज बुधबार सार्वजनिक बिदा दिएका छन् । नगरपालिका, गाउँपालिका र त्यस अन्तर्गतका सबै कार्यालय, शैक्षिक संस्थालगायत एक दिन सञ्चालन नहुने भनेर बिदा दिइएको छ ।  

स्थानीय तहको राजपत्रमा यस वर्ष चैत १५ गते चैते देशैं परेको भन्दै सोही दिन नगरपालिकाभरि बिदा दिइएको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिनुभयो । यस्तै, ढकारी गाउँपालिकाले समेत सूचना प्रकाशन गरी चैते दशैंको दिन सार्वजनिक बिदा दिएको छ ।  

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह समेत चैते दशैं मनाउन आफ्नो पुर्ख्यौली थलो रामारोशन पुग्नुभएको छ । हरेक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी अछाममा चैते दशैं भव्य रूपमा मनाउने गरिन्छ ।