• ११ मंसिर २०८१, मङ्गलबार

फ्रान्सको लगातार दोस्रो जित

blog

गोल गरेपछि खुशी मनाउँदै फ्रान्सका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत १४ गते । फ्रान्सले युरोकप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले रिपब्लिक अफ आयरल्यान्डलाई १-० गोलले हरायो । 

फ्रान्सको जितमा बेन्जामनि पाभर्डले निर्णायक गोल गर्नुभयो । पाभर्डले ५०औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । जितसँगै फ्रान्सले समूह बी मा दुई खेलबाट ६ अङ्क बनाएको छ । आयरल्यान्डले हारबाट युरोकप छनोटको सुरुवात गरेको छ । 

छनोटका अन्य खेलहरूमा नेदरल्यान्ड्सले १० खेलाडीमा समेटिएको गिब्रलटारलाई ३-०, पोल्यान्डले अल्बानियालाई १-०, स्वीडेनले अजरबैजानलाई ५-०, सर्बियाले मोन्टेनेग्रोलाई २-०, हंगेरीले बुल्गेरियालाई ३-० र अस्ट्रियाले इस्टोनियालाई २-१ गोलले पराजित गरेको छ ।

मोल्डोभा र चेक रिपब्लिकले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी