• ११ असोज २०८१, शुक्रबार

नेपालले भियतनामसँग ओलम्पिक छनोट खेल्ने

blog

छनोट खेलबारे जानकारी दिँदै एन्फाका पदाधिकारी । तस्बिर सौजन्य : एन्फा

काठमाडौं, चैत १३ गते । पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक गेम्सका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो चरणको एसिया छनोट खेल भियतनामसँग खेल्ने भएको छ ।

छनोटका लागि समूहमा रहेका प्यालेल्टाइन र अफगानिस्चतानले अन्तिममा नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । 

छनोटमा नेपाल समूह ‘सी’ मा रहेको थियो । यसअघि नेपाल सम्मिलित समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थिए । अब नेपालले भियतनामसँग चैत २२ र २५ गते दशरथ रङ्गशालामा छनोट खेल  खेल्नेछ ।

छनोटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण जारी रहेको र नेपाली टोलीको घोषणा केही दिनमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । अनन्त थापाको प्रशिक्षणमा ३३ जना खेलाडीले अहिले अन्तिम तयारी गरिरहेका छन् ।

छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । छनोट खेलका लागि एन्फाले ४३ लाख रुपियाँ खर्च गर्न लागेको प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।