काठमाडौं, चैत १३ गते । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज (सोमबार) जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुँदैछ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दामा सुनुवाइ हुन लागेको हो ।
काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपियाँ धरौटीमा छोडेको थियो ।
बलात्कार गरेको आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछाने खेलमा फर्किएका छन् ।