काठमाडौं, चैत १० गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक निकायमा युवा प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ।
नेपाल जेसिसले शुक्रबार आयोजना गरेको नेशनल काउन्सुलर एकेडेमी-२०२३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आफ्नो राजनीतिक लक्ष्य नै हरेक निकायमा युवाको प्रतिनिधित्व गराउनु रहेको बताउनुभयो।
कोइरालाले भन्नुभयो, “अहिले मेरो राजनीतिक लडाइँ नै युवाको भविष्यका लागि हो। अरू कुनै स्वार्थ छैन।”
उहाँले राजनीतिक स्थिरता र अवसरको अभावका कारण युवा शक्ति विदेश पलायन भइरहेको बताउनुभयो। यसैका कारण, देश विकासमा कठिनाइ भएको भनाइ उहाँको छ।