• १६ चैत २०८०, शुक्रबार

नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य

blog

सम्झौता पत्र आदानप्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ९ गते । विगत १४ वर्षदेखि विश्वभर छरिएर रहेका नेपालीबीच लोकप्रिय नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र पञ्चाङ्ग मार्फत शताब्दी पुरानो सेवा दिँदै आएको राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ ।

तोयनाथ पञ्चाङ्ग विगत एक सय ३५ वर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेन्डर हो । 

प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथि मितिको विश्वसनीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ बीच सहकार्य भएको हो ।