• १३ असोज २०८१, आइतबार

मागभन्दा कम शिक्षक पदस्थापनाका लागि सिफारिस

blog

काठमाडौँ, चैत ९ गते । शिक्षक सेवा आयोगले प्राथमिक तहमा माग गरिएको भन्दा झन्डै तीन हजार शिक्षक पदस्थापनाका लागि सिफारिस गरेको छ।  खुला प्रतिस्पर्धाबाट छनोट भएका ती शिक्षकलाई पदस्थापनाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरेको हो। आयोगले १० हजार ३५३ शिक्षकको सिफारिस गरेको थियो। 

आयोगका अनुसार माग गरिएको पद सङ्ख्यामा दुई हजार ९४४ कम छनोट भएका छन्। माग गरिएअनुसार परीक्षामा उत्तीर्ण हुन नसकेपछि कोटाभन्दा कम शिक्षक सिफारिस भएका हुन्। आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि १३ हजार २९७ आवेदन खुला गरेको थियो। अब केन्द्रले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ती शिक्षकको विवरण पठाउनेछ।