• ७ वैशाख २०८१, शुक्रबार

खुटी नहर सञ्चालनमा ल्याउने तयारी

blog

खुटी नहर सञ्चालनका लागि निर्माण भइरहेको हेडवर्क्स । तस्बिर: जीवछ यादव

जीवछ यादव

लाहान, चैत ८ गते । लहान नगरपालिका–१० मा खुटी नहरको पानी सिँचाइको लागि निकाल्न निर्माण भइरहेको हेडवर्क्स अन्तिम चरणमा पुगेको छ । यो काम सम्पन्न भएसँगै नहर सञ्चालनमा आउने भएको छ ।

यसै वर्षदेखि नहरको पानी प्रयोग गर्ने उद्देश्यले निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । हेडवर्कस निर्माण आयोजनाका प्राविधिक इन्जिनियर दिवाकर पण्डितका अनुसार ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । हेडवर्क्स निर्माणसँगै उत्तरी भेगमा दस बिघाको पोखरी खनिएकोले पर्यटकीय क्षेत्रको लागि  प्रयोग हुने र उत्तरीतर्फ पश्चिम  खुटी किनारमा रहेको दलित समुदायको बस्ती कटान नियन्त्रण हुनेछ  । बाँकी दस प्रतिशत कामका लागि डेढ करोड रकमको आवश्यकता छ । समयमा रकम निकासा भए तटबन्ध र हेडवर्क्सको प्रवेशद्वारमा गेट लगाउने कार्य सम्पन्न भएपछि पानी नहरमा पानी बग्ने उहाँले बताउनुभयो । 

दक्षिणी भेगका किसानहरुको सिँचाइको लागि खुटी नहरमा बाह्रै महिना पानी बगिरहने र लाहानका दक्षिणी भेगका वडाहरूमा २, ३, ४,५,,६,७,८,११,१२ ,२९,२०,२१,२२ र २३  नम्बरका ९३० बिगाहा जग्गामा सिचाइको लागि खुटी नहर सिँचाइ आयोजना अन्तर्गत १२ करोडको लगानीमा दुई वर्ष अगाडि सुरु भएको थियो ।