• १३ वैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीसँग एमालेले माग्यो आफूसँग सहकार्य टुङ्ग्याउनुको कारण

blog

सोमबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल । तस्बिरः केशब गुरुङ

काठमाडौं, चैत ६ गते। नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा (एमाले)सँग सहयात्रा टुङ्ग्याउनुको जवाफ माग गर्नुभएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले माग गर्नुभएको हो। 

उहाँले राजनीतिक दलसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाउनुभयो। उहाँले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ? भन्दै प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुङ्ग्याउनको कारण इतिहासले सोधिरहने बताउनुभयो।

उपाध्यक्ष पौडेलले एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको दाबी गर्नुभयाे।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो। फेरि नेकपा (एमाले)सँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुङ्ग्याउनुभयो। यसमा के कारण थियो ? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला। तर इतिहासले यो प्रश्न सधैँ सोधिरहन छ।’ 

उपाध्यक्ष पौडेलले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पार्नुभयो।