• ८ वैशाख २०८१, शनिबार

बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

blog

जन सिद्देश्वर बहुमुखी क्याम्पस सभापतिमा निर्वाचित नेविसंघका निरु चौधरी । फाइल तस्बिर

गोविन्द शर्मा 

बाँके, चैत ५ गते । बाँकेको जन सिद्धेश्वर बहुमुखी  क्याम्पस, फत्तेपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापतिसहित बहुमत पदमा नेविसंघ विजयी भएको छ । 

नेविसंघका निरु चौधरी ८० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । कुल २०३ मत खसेकोमा अखिल (क्रान्तिकारी)का इन्द्रबहादुर थारुले ५८ मत प्राप्त गर्नुभएको छ ।  राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका बुद्धिराम थारुले ४४ मत, अनेरास्ववियुका हस्तबहादुर घर्ती मगरले १४ मत ल्याउनुभयो  । 

सचिवमा नागरिक विद्यार्थी समाजका गंगाराम थारु ७५ मत प्राप्त गर्दै विजयी हुनभएको छ ।  कोषाध्यक्षमा अनेरास्ववियुका रमेशबहादुर थारु ७५ मत प्राप्त गरेरविजयी भएको निर्वाचन समितिले जनाएको छ । 

यसैगरी सदस्यमा नेविसंघका कौशल बर्मा, ओमप्रकाश धोवी, अनामिका मौर्य, विपना घर्ती मगर र नागरिक विद्यार्थी समाजका विश्राम थारु विजयी हुनुभएको छ ।