• ८ वैशाख २०८१, शनिबार

ज्ञानोदय वहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

blog

गोविन्द शर्मा

बाँके, चैत ५ गते । बाँकेको खजुरास्थित ज्ञानोदय वहुमुखी क्याम्पसमा आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ । 

अनेरास्ववियुका तर्फबाट अध्यक्षमा विनयकुमार यादव १०१ मत प्राप्तगरी विजयी हुनुभएको हो । अध्यक्षमा अखिल क्रान्तिकारीका मो. सरिफ खाँले ६१ र नेविसंघका हिमाल पंगालीले ४८ मत प्राप्त गर्नुभयो । 

यसैगरी सचिवमा ११७ मतसहित प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा ११० मत प्राप्तगरी विनिता पुन मगर विजयी हुनुभएको छ । यसैगरी सदस्यमा सपना थापा क्षेत्री १११, मो. उस्मान खाँ १०९ र निरुता थापा १०४ मतसहित विजयी हुनुभएको छ । मतदानमा २२२ मत खसेको थियो ।

समानुपातिकतर्फ अनेरास्ववियु १०७, नेपाल विद्यार्थी सङ्घ ५७ र अखिल क्रान्तिकारीले  ५४ मत प्राप्त गरेका छन् ।  बाँकेको नेपालगञ्ज नर्सिङ्ग क्याम्पस, जन सिद्धेश्वर वहुमुखी क्याम्पस र बागेश्वरी वहुमुखी क्याम्पसमा मतगणना जारी छ ।