• १६ चैत २०८०, शुक्रबार

साताका सात तस्बिर

blog

घोराही–१८ नवलपुर गाउँको सुन्दर बस्तीको मुनि सिस्ने खोलाको किनारमा झुल्दै गरेको गहुँखेती । सिँचाइको सुविधा भएकाले यहाँका किसान बाह्रै महिना खेती गर्ने गर्दछ्न । तस्बिरः रञ्जिता अधिकारी/रासस


काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ७ र ८ नम्बर वडास्थित सीमामा रहेको टार खेत । वि.सं २०३२ मा जग्गा  नापी गर्दाका बखत साबिकको पिपलटार गाविस र भुम्लुटार गाविसबीच यही टारको खेतीयोग्य जमिन कता राख्ने भन्ने विषयमा दुई गाविसका नेतृत्वबीच विवाद हुँदा हालसम्म पनि नापनक्सा हुनसकेको छैन । यही टार खेतको बीचबाट मध्यपहाडी लोकमार्ग लगिएको छ । तस्बिरः राजकुमार पराजुली/रासस

राष्ट्रपति पदमा विजयी हुनुभएपछि रामचन्द्र पौडेललाई बिहीबार बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’   । तस्बिरः प्रदीपराज वन्तररासस


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना ।  नारच्याङ गाउँको शिर र पहाडको फेदीमा रहेको यो झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । तस्बिरः सन्तोष गौतम/रासस


सोमबार होली खेलेर वसन्तपुर क्षेत्रमा सेल्फी लिँदै युवा । तस्बिर : सुजन गुरुङ 


हिमालपारिको जिल्ला मुस्ताङको ठिनीबाट देखिएको हिमाली दृश्य र अस्ताउँदै गरेको चन्द्रमा । बुधबार परेको हिमपातका कारण मुस्ताङ वरपरको क्षेत्र सेताम्य देखिएको छ । तस्बिरः वासुदेव पौडेल/रासस


लामो समय वर्षा नभएपछि बुधबार देखिएको उपत्यकाको वायु प्रदूषण । तस्बिर : सुजन गुरुङ