• १० मंसिर २०८१, सोमबार

आधुनिकीकरणको नयाँ अभियानमा आत्मविश्वास

चीनका दुई अधिवेशनको समुद्घाटन

blog

चीनको राजधानी पेइचिङमा अवस्थित जनताको महान् सभाकक्षमा ४ मार्च २०२३ मा भएको चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को १४ औँ राष्ट्रिय समितिको पहिलो बैठकको उद्घाटन सत्र। (सिन्ह्वा/झाइ चियनलान)

चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ अङ्गको वार्षिक अधिवेशन शनिबार सुरु भएको छ।

महान् आधुनिक समाजवादी देश निर्माणमा चीनले सफलता हासिल गर्दैगर्दाको अति महत्वपूर्ण यस वर्षमा उक्त अधिवेशनको प्रारम्भसँगै दुई अधिवेशनको समुद्घाटन भएको हो।

पेइचिङ्स्थित जनताको महान् सभाकक्ष (ग्रेट हल अफ पिपल) मा (४ मार्च २०२३ मा) सुरु भएको चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को १४ औँ राष्ट्रिय समितिको पहिलो सत्रको उद्घाटन बैठकमा चीनका राष्ट्रपति सी चिनफिङ लगायतका नेता सहभागी हुनुभयो।

१३ औँ सीपीपीसीसी राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले सीपीपीसीसी राष्ट्रिय समितिको बैठक समक्ष आफ्नो कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा उहाँले राजनीतिक सल्लाहकार समितिले शताब्दीका दुई लक्ष्य प्राप्त गर्न बुद्वि र शक्तिको योगदानसहित बृहत् सहमति निर्माण गरेको बताउनुभयो।

‘दुई अधिवेशन’ भन्नाले चीनको सर्वोच्च व्यवस्थापिका राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) तथा सीपीपीसीसी राष्ट्रिय समितिको वार्षिक बैठकलाई जनाउँछ। एनपीसी अधिवेशन आइतबार   (५ मार्च २०२३) सुरु भएको छ।

चीनको राजनीतिक पात्रोमा ‘दुई अधिवेशन’ को ठूलो महत्व छ। अधिवेशनको अवधिमा केन्द्रीय सरकारले आफ्नो कार्यसम्पादन प्रतिवेदन पेस गर्छ जसमा सामान्यतया विगतका उपलब्धिको समीक्षा र आगामी वर्ष एवम् निकट भविष्यका लागि विकासका लक्ष्य समेटिएको हुन्छ।

चीनले तोकिएकै समयमा शताब्दीको पहिलो लक्ष्य सबै पक्षबाट मध्यमस्तरको समृद्ध समाज निर्माण गर्ने कार्यमा सफलता हासिल गरेको छ।

हजारौँ सङ्ख्यामा चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका सदस्य र राजनीतिक सल्लाहकारहरूले प्रस्तुत प्रतिवेदनमाथि छलफल एवम् समीक्षा गर्छन्। साथै, यसै समयमा राष्ट्रिय व्यवस्थापिका, सर्वोच्च अदालत तथा सर्वाेच्च न्यायाधीवक्ता कार्यालयका प्रतिवेदनको समीक्षा पनि हुन्छ।

यस वर्षको राजनीतिक जमघटले छुट्टै महत्व बोकेको छ। राज्यका निकायमा नेतृत्वदायी पदाधिकारी एवम् सीपीपीसीसी राष्ट्रिय समितिमा नयाँ नेतृत्व निर्वाचन गर्नु यस वर्षका ‘दुई अधिवेशन’ को महत्वपूर्ण कार्य हो। साथै, राज्यपरिषद् अन्तर्गत रहेका निकायको योजनाबद्ध सुधारबारे पनि बहस गर्नु अधिवेशनको कार्यभार रहेको छ।

विधायकले विधायनसम्बन्धी कानुन संशोधन गर्न बनेको संशोधन मस्यौदामाथि पनि यस अधिवेशनमा छलफल गर्ने छन्। यसैबीच, सीपीपीसीसी राष्ट्रिय समितिको बैठकले सीपीपीसीसी विधानको संशोधनलाई समीक्षा गरेर स्वीकृत गर्ने छ। राष्ट्रियस्तरका राजनीतिक सल्लाहकारलाई सम्बोधन गर्दै अध्यक्ष वाङले चीनका विगत पाँच वर्ष वास्तवमै अभूतपूर्व रहेको भन्दै प्रशंसा गर्नुभयो।

चीनले तोकिएकै समयमा शताब्दीको पहिलो लक्ष्य सबै पक्षबाट मध्यमस्तरको समृद्ध समाज निर्माण गर्ने कार्यमा सफलता हासिल गरेको छ। वाङले भन्नुभयो, “चिनियाँ समाजको पुर्नउत्थान अब पछाडि नफर्किने गरी ऐतिहासिक दिशातर्फ गइसकेको छ।”

अक्टोबर २०२२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनले यस शताब्दीको मध्यसम्ममा दोस्रो लक्ष्य अन्तर्गत चीनलाई सबै पक्षबाट महान् आधुनिक समाजवादी देश बनाउने लक्ष्य हासिल गर्न खाका तयार गरिसकेको छ।

सीपीसी महाधिवेशनपछि हुन लागेको एक मुख्य राजनीतिक कार्यक्रम भएकाले यी ‘दुई अधिवेशन’ ले आधुनिकीकरणका लक्ष्यलाई हासिल गर्न चिनियाँ राष्ट्रलाई थप परिचालित गर्ने अपेक्षा गरिएको छ। 

सुरुवाती चरणमा राम्रो हुनुले ठूलो महत्व राख्दछ, सीपीपीसीसी राष्ट्रिय समितिका सदस्य सुन सुनछाङलोङले भन्नुभयो। उच्च गुणस्तरीय विकासलाई सहयोग पुर्‍याउने गरी हामी राजनीतिक सल्लाहकारले बृहत् समस्या–भेदी अध्ययन अनुसन्धान कार्य गर्नेछौँ, सुनले भन्नुभयो।

हुनान प्रान्तको झुझौ सहरका मेयर तथा राष्ट्रिय जनकङ्ग्रेसका सदस्य छन् हुइछिङ ‘दुई अधिवेशन’ ले राष्ट्रव्यापी बुद्धिमत्तालाई एकीकृत गरी आधुनिकीकरणको गतिलाई बल पुर्‍ याउनेछन् भन्नेमा सहमत हुनुहुन्छ। ‘‘हामीले प्रतिवेदन र दस्ताबेजको मिहिन ढङ्गले समीक्षा गर्नेछौं र स्थानीय अवस्थाको आलोकमा सुझावहरू पेस गर्नेछौं", छनले भन्नुभयो।

यस वर्षको सुरुबाटै देशमा सशक्त उपभोग र उत्पादन क्रियाकलापको ताजा सङ्केतहरू देखा परिसकेका छन्।

फेब्रुअरीमा चिनियाँ उत्पादन क्षेत्रको क्रय व्यवस्थापक सूचाकाङ्क ५२.६ मा पुग्यो, यो जनवरीमा ५०.१ थियो। यो सङ्ख्या अप्रिल २०१२ पछिको सबैभन्दा ठूलो हो।

चीनका आधाभन्दा बढी प्रदेशस्तरीय क्षेत्रहरूले २०२३ का लागि कुल गार्हस्थ्य उत्पादनको वृद्वि ६ प्रतिशत वा योभन्दा बढी हुने लक्ष्य निर्धारण गरेका छन्। ‘दुई अधिवेशन’ ले  माथि उल्लेखित अवसरमा इँटा थप्ने एवम् आन्तरिक र बाह्‍य चुनौतीको पृष्ठभूमिमा रहेको विश्वको दोस्रो ठूलो अर्थतन्त्रको आत्मविश्वासलाई थप टेवा पुर्‍याउने कार्य गर्ने पर्यवेक्षकहरूको अनुमान छ।

कर्पोरेट नवप्रवर्तनलाई प्रोत्साहन गर्न, औद्योगिक संरचनालाई सुधार गर्न र अर्थतन्त्रलाई सबलीकरण गर्न थप नीतिहरू र मार्गदर्शन यस वर्षको दुई अधिवेशनले प्रस्तुत गर्नेछन् भन्ने मैले अपेक्षा गरेको छु, राष्ट्रिय विधायक छिउ चीहुआले भन्नुभयो।

राष्ट्रिय राजनीतिक सल्लाहकार याङ हुइले भन्नुभयो, “चीन यस वर्ष स्थिर आर्थिक वृद्वि सुनिश्चित गर्न प्रयत्नशील छ। तसर्थ, ‘दुई अधिवेशन’ आत्मविश्वासलाई मजबुत पार्न र शक्तिलाई एकीकृत गर्नका लागि विशेष महत्वपूर्ण छन्।" – (सिन्ह्वा)


चीनको राजधानी पेइचिङमा अवस्थित जनताको महान् सभाकक्षमा ४ मार्च २०२३ मा भएको चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को १४ औँ राष्ट्रिय समितिको पहिलो बैठकको उद्घाटन सत्र। (सिन्ह्वा/झाइ चियनलान) 


चीनको  लक्ष्य : पुनर्प्रगति, आधुनिकीकरणका बीच तीव्र र गुणस्तरीय विकास 

चीनले सन् २०२३ मा विकासको उन्नत गुणस्तरसँगै करिब ५ प्रतिशतको तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको यस देशले आर्थिक पुनप्र्रगतिको लयलाई सबल बनाउँदै आधुनिकीकरणको अभियानलाई अगाडि बढाएको छ। प्रक्षेपित लक्ष्य चीनले गत वर्ष हासिल गरेको ३ प्रतिशतको कुल गार्हस्थ्य उत्पादन   (जिडिपी) वृद्धिभन्दा धेरै हो।

प्रधानमन्त्री ली खछ्याङ्द्वारा राष्ट्रिय व्यवस्थापिकामा प्रस्तुत विकासका प्रमुख उद्देश्यमध्ये एक प्रक्षेपित लक्ष्य हासिल गर्नु हो। राष्ट्रिय व्यवस्थापिकाको वार्षिक अधिवेशनमा प्रधानमन्त्री लीले प्रस्तुत गरेको सरकारको कार्यसम्पादन प्रतिवेदनमा विकासका प्रमुख उद्देश्यहरू समावेश छन्।

गत वर्ष अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनपछि राष्ट्रियस्तरका विधायक (सांसद) र राजनीतिक सल्लाहकारको पहिलो सम्मेलन बोलाइँदा विकास नीतिमा चीनको नयाँ पाइलाबारे विश्व समुदायले नजिकबाट नियालिरहेको छ।

यसैबीच, कोभिड–१९को असरबाट चीन तीव्र गतिमा तङ्ग्रिएका कारण विश्वस्तरमै बृहत् वृद्धिको आशा पलाएको छ, जसले सम्मेलनको महत्व बढाएको छ।

सीपीसीको भव्य खाका अनुसार यस शताब्दीको मध्यसम्म चीनलाई महान् आधुनिक समाजवादी राष्ट्र निर्माण गर्न अविचलित र गुणस्तरीय वृद्धिको मुख्य चाबी हो।


चीनको राजधानी पेइचिङस्थित जनताको महान् सभाकक्ष (ग्रेट हल अफ पिपल) मा ५ मार्च २०२३ का दिन भएको १४ औँ राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) को पहिलो सत्रको उद्घाटन बैठक। (सिन्ह्वा/यू यूऔ)

चीनको शीर्ष आर्थिक योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) ले आइतबार नै एक अलग प्रतिवेदन प्रस्तुत गरेको छ। जस अनुसार सीपीसीको २० औँ महाधिवेशनले परिकलपना गरे मुताबिक सन् २०३५ सम्म देशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन मध्यस्तरको विकसित देशको बराबर हुनेगरी बढाउन “उन्नत गुणस्तर एवम् दक्षता सुनिश्चित गर्दै तीव्र आर्थिक विकास एवम् दीर्घकालीन सामाजिक स्थिरता सम्बन्धी हाम्रो अद्वितीय उपलब्धिलाई स्थायित्व दिन उचित दीर्घकालीन आर्थिक विकासलाई कायम राख्नु अपरिहार्य छ।”

एनडीआरसीको सन् २०२२ को राष्ट्रिय आर्थिक तथा सामाजिक विकास नीतिको कार्यान्वयन र सन् २०२३ को राष्ट्रिय अर्थव्यवस्था तथा सामाजिक विकास नीतिको मस्यौदा अनुसार “विकास, रोजगारी र मूल्य स्थिरता सुनिश्चित गर्न” पाँच प्रतिशत हाराहारीको आर्थिक वृद्धिको लक्ष्य जरुरी छ।

“चीनका लागि सन् २०२३ आर्थिक पुनरागमनको वर्ष हुनेछ ।”

एनडीआरसीको प्रतिवेदनमा भनिएको छ, “यसले बजारका लागि एक सकारात्मक सन्देश दिनेछ र आत्मविश्वास बढाउनेछ, अपेक्षाको मार्गनिर्देश गर्नेछ, रोजगारी विस्तार गर्नेछ, जीवन स्तर सुधार्नेछ र विकासको क्रममा हुने जोखिमलाई नियन्त्रण एवम् निस्तेज गर्नेछ।”

प्रतिवेदनबमोजिम यस वर्षको कुल गार्हस्थ्य उत्पादनको लक्ष्य चीनको विद्यमान अर्थतन्त्रको विकास सम्भावना र अर्थ व्यवस्थालाई टेवा दिने स्रोत साधन र उत्पादनका कारकतत्वको सामथ्र्य अनुरूप नै छ।

“चीनका लागि सन् २०२३ आर्थिक पुनरागमनको वर्ष हुनेछ,” चीनको रन्मिन विश्वविद्यालयको अर्थशास्त्र विभागका डीन लेओ शउयीङ्गले भन्नुभयो।

वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लक्ष्य अपेक्षा  र आर्थिक विस्तारलाई स्थिर राख्न आवश्यक वृद्धिको उपयुक्त गति हो। यसले चिनियाँ अर्थव्यवस्था उच्च गुणस्तरीय विकासमा निरन्तर केन्द्रित रहने सङ्केत गरेको छ, लेओले बताउनुभयो।

विकासको पुनरुत्थान

उपभोक्ताको माग, बजारको वितरण, औद्योगिक उत्पादन र व्यावसायिक अपेक्षामा उल्लेख्य सुधारसँगै चीनको अर्थव्यवस्था निरन्तर पुर्नप्रगतिमा रहेको स्पष्ट छ, प्रधानमन्त्रीले भन्नुभयो। उहाँले अर्थतन्त्रले थप वृद्धिका लागि विशाल क्षमता र तीव्र गति प्रदर्शन गरेको उल्लेख गर्नुभयो।

यस प्रकारको सुधार व्यस्त सडक, भिडभाडपूर्ण सिनेमा घर र रेस्टुरेन्ट तथा अनलाइन एवम् पसलमा खरिदबिक्रीको आनन्द लिइरहेको देख्दा अनुभूति गर्न सकिन्छ। पछिल्लो आधिकारिक तथ्याङ्कले उत्पादन गतिविधि गएको एक दशककै उच्च बिन्दुमा फर्केको देखाएको छ। विदेशी लगानीमा वृद्धि भएको छ र मासिकरुपमा बैंकको नयाँ ऋण प्रवाह अपेक्षाभन्दा बढी देखिएको छ।  विगतका उपलब्धिलाई मनन् गर्दै लीले अर्थव्यवस्थाले सामना गरेको चुनौती र कठिनाइतर्फ सतर्क रहनुपर्ने बताउनुभयो। चुनौती र कठिनाइमा बाहिरी वातावरणमा बढ्दो अनिश्चितता, अपर्याप्त घरेलु माग र घर जग्गा बजारमा जोखिम र लुकेका खतरा सामेल छन्।

चीनले यस वर्ष सहरी क्षेत्रमा करिब एक करोड २० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

लीले सांसदलाई भन्नुभयो यस वर्ष “स्थायी वृद्धि, रोजगारी र मूल्य सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राख्नु” महत्वपूर्ण हुनेछ।

चीनले यस वर्ष सहरी क्षेत्रमा करिब एक करोड २० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। सरकारको कार्यसम्पादन प्रतिवेदन बमोजिम सहरी बेरोजगारी दर करिब ५.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। अन्य वार्षिक लक्ष्यहरूमा उपभोक्ता मूल्य सूचकाङ्कलाई तीन प्रतिशतको वृद्धिमा सीमित राख्ने र खाद्य उत्पादन छ अर्ब ५० करोड टनभन्दामाथि पुर्‍ याउने विषय सम्मिलित छ।

सरकारको कार्यसम्पादन प्रतिवेदनले विकासलाई बढाउन यस वर्ष थुप्रै उपाय ल्याएको छ। जसमा कुल गार्हस्थ्य उत्पादन घाटा अनुपात ३ प्रतिशत, गत वर्षको भन्दा ०.२ प्रतिशत बिन्दुले माथि, हुने प्रक्षेपण छ। स्थानीय सरकारका लागि विनियोजन गरिने विशेष–उद्देश्य ऋणपत्र ३.८ ट्रिलियन युआन (करिब ५४९.८ अर्ब अमेरिकी डलर) हुने कुरा प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा विवेकपूर्ण मौद्रिक नीतिलाई लक्षित र सशक्त बनाउनसमेत आह्वान गरिएको छ। वास्तविक अर्थ व्यवस्थालाई  टेवा  पुर्‍याउन एम २ मुद्रा आपूर्ति र समग्र लगानीको वृद्धि न्यून आर्थिक विकासको गतिसँगै  हुनुपर्ने औँल्याइएको छ।


वसन्त ऋतु पर्वको अवधिमा २७ जनवरी २०२३ का दिन चीनको दक्षिण–पश्चिममा रहेको सिछुवाङ प्रान्तको सिछाङमा अवस्थित प्राचीन शहर चिएनछाङको भ्रमण गर्दै मानिसहरु। (तस्विरः लि चेयी/सिन्ह्वा)

घरेलु माग बढाउन चीनले उपभोगको विस्तार एवम् पुर्नप्राप्तिलाई प्राथमिकता लक्ष्य रहेको प्रतिवेदनमा सहरी र ग्रामीण बासिन्दाको आयलाई अनेकौँ माध्यमबाट उकास्ने उल्लेख गरिएको छ।

“समग्रमा चीनको अर्थव्यवस्था थप राम्रो हुनेछ र यसको वृद्धि दर सामान्य स्तरसम्म पुग्ने सम्भावना रहँदैन,” राष्ट्रिय विधायक एवम् लियोनिङ् विश्वविद्यालयका अध्यक्षसमेत रहेका अर्थविद् यु मियाओचीले भन्नुभयो।

अन्तराष्ट्रिय संस्था र लगानी गर्ने बैंङ्कले यस वर्षका लागि उनीहरूले चीनको वृद्धिका सम्बन्धमा गरेको अनुमानलाई बढाएका छन्। अन्तराष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा चीनको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने आफ्नो पूर्वानुमानलाई परिमार्जन गर्दै ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

गुणस्तरले अर्थ राख्छ

आर्थिक वृद्धिलाई महत्व दिँदा चीन सरकारले जुनसुकै मूल्यमा विकास हुनैपर्नेपर्छ  भन्दैन। त्यसको सट्टा, चीनले एक हरित र अधिक कुशल अर्थ व्यवस्था चाहेको छ। 

सरकारी प्रतिवेदन वाचन गर्दै प्रम लीले एक पटक फेरि उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने प्रयासलाई जोड दिनुभयो। तथापि उहाँले औद्योगिक प्रणालीको आधुनिकीकरणमा तीव्रता ल्याउने र हरित विकास ढाँचाको परिवर्तनलाई प्रवर्द्धन गर्ने जस्ता नीतिगत प्राथमिकता औँल्याउनुभयो।

एनडीआरसीको प्रतिवेदन अनुसार चीनले यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्रति इकाई ऊर्जा खपत करिब २ प्रतिशतले कम गर्ने लक्ष्य राखेको छ र “यथार्थ काममा उन्नत परिणामका लागि प्रयास गर्नेछ।”

चीनले प्रमुख प्रदूषक उत्सर्जनलाई निरन्तर घटाउने, जीवावशेष इन्धनको खपतमा बलियो नियन्त्रणसहित प्राकृतिक वातावरणमा निरन्तर सुधार गर्ने उद्देश्य एनडीआरसीको प्रतिवेदनमा उल्लेख छन्।  

प्रम लीले राष्ट्रको प्रविधि सम्बन्धी शक्ति बढाउन गुणस्तरीय स्रोत साधनलाई एकत्रित गर्ने र मुख्य क्षेत्र मुख्य प्रविधिहरूमा नवीन सफलता हासिल गर्न ठोस प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।  उहाँले परम्परागत र साना तथा मझौला उद्यमलाई थप आधुनिक, चुस्त एवम् वातावरण मैत्री बनाउन प्रयत्न गर्नुपर्ने बताउनुभयो।

विगत केही वर्षदेखि बढ्दो संरक्षणवाद र कोभिड–१९ सृजित गम्भीर चुनौतीका कारण चीनले आर्थिक विकासलाई बढावा दिने साधनको रूपमा लगानीमाथिको अत्यधिक निर्भरता हटाएको छ। तर बजारका संस्थाहरूमा देखिएको समस्या समाधान गरी त्यसको विकासमा सहयोग पुर्‍याउन ध्यानकेन्द्रित गरेको छ।

“हामीले समष्टिगत नीतिलाई प्रोत्साहन हुने गरी निर्णायक उपाय अपनाएका छौँ तर हाम्रो भविष्यको विकास सम्भावनालाई नै सखाप पार्ने खालको बलियो प्रोत्साहन नीतिको बाढी बनाएका छैनौँ” प्रम लीले भन्नुभयो।


हवाइजहाजबाट १९ जुन २०२२ का दिन खिचिएको प्रस्तुत तस्विरमा चीनको उत्तार–पूर्वमा  अवस्थित हेइलोङचियाङ प्रान्तको राओह काउन्टी रहेको जङ्गल निकुंज क्षेत्रमा राखिएका पवन पङ्खा (वीन्ड टर्वाइन)  देख्न सकिन्छ। (सिन्ह्वा/से चेएनफेइ) 

उच्च गुणस्तरीय विकासलाई चीनको आधुनिकीकरणको प्रयासमा “पहिलो र सबैभन्दा महत्त्वपूर्ण” कार्य ठानिएको छ। राष्ट्रपति सी चिनफिङ्ले कुल घरेलु (जिडिपी) उत्पादनमा हुने वृद्धिलाई सफलताको एकमात्र मापदण्डको रूपमा लिनुको साटो चीनले अब गुणस्तरमा सुधार र विकासको दक्षतामाथि अधिक ध्यान दिनुपर्ने कुरामा जोड दिएको बताउनुभएको छ।

विकासको उन्नत गुणस्तरको हिस्सास्वरुप चीनमा पछिल्लो पाँच वर्षमा अनुसन्धान र विकासमाथि हुने खर्च बढेको देखिएको छ। सरकारको कार्यसम्पादन प्रतिवेदन अनुसार कार्बन उत्सर्जन तथा ऊर्जा घनत्व घटेको छ।

“आधुनिक चीनमा उच्च गुणस्तरको विकास भएको हुनुपर्छ”, राष्ट्रिय राजनीतिक सल्लाहकारसमेत रहेका चीनको ‘नेसनल एकेडेमी अफ गर्भनेन्स’ को अर्थशास्त्र विभागका निर्देशक हान पाओजियाङले भन्नुभयो।  

“वृद्धि र गुणस्तरमाथि समान जोड दिनुका साथै उच्च गुणस्तरीय विकासका लागि एक बलियो समन्वय गरेर हामीले आधुनिक चीन निर्माण गर्न ठोस आर्थिक आधार बनाउन सक्छौँ”, हानले बताउनुभयो। – (सिन्ह्वा)

PDF Content:

https://epaper.gorkhapatraonline.com/pdf/5?file=/uploads/file/2023/3/brand-story/2023-03-10-12-33-30-china-new-final.pdf


Sponsored content