• ७ जेठ २०८१, सोमबार

बाल स्वास्थ्य

जाडोयाम ‘स्वास्थ्य समस्या कस्ता ?’

blog

नेपालमा मङ्सिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडोयाममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वास, छाला जनेन्द्रिय एवं पोल्ने समस्याले सताउने गरेको छ ।

श्वास प्रश्वासको समस्या

जाडोयाममा चिसोपना, शुष्कता एवं आगो, अन्य धुवाँको कारणले श्वासप्रश्वासको समस्या (जीर्ण प्रकारको) तथा रुघाखोकीको समस्या बढ्न सक्छ । श्वासप्रश्वाससम्बन्धी समस्याअन्तर्गत दम, ब्रोङ्काइटिस र निमोनिया पर्दछन् । विशेषतः जाडोयाममा श्वासप्रश्वासका समस्याका कारण अस्पताल ल्याई पु-याउने बालबालिकाको सङ्ख्या निकै हुन्छ । चिसोपनाले हुने एलर्जी, न्यानो पार्नका लागि आगो ताप्ने क्रममा आउने धुवाँले श्वासप्रश्वाससम्बन्धी समस्यालाई बल्झाउन सक्छ । नेपालको सहरी क्षेत्रबाहेक अन्य ठाउँमा (विशेषगरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा) खाना पकाउन तथा कोठा न्यानो बनाउन परम्परागत रूपमा दाउरा नै बाल्ने चलन अभैm छ । त्यसैले पनि नेपालमा सानै उमेरमै सीओपीडी (जीर्ण प्रकारको श्वासनली साँघुरिने रोग)को समस्या हुने बालबालिकाको सङ्ख्या निकै धेरै छ । त्यसैले बेलैमा यस्ता हानिकारक तìवहरूबाट टाढा रहन एवं चिकित्सकको सल्लाहबमोजिम श्वास नली फुक्ने तथा एन्टिबायोटिक औषधि चाहिन सक्छ । 


छालाको समस्या

अघिल्लो वर्ष दराज, सन्दुकमा थन्क्याइएका बाक्ला खालका लुगाहरू (स्वेटर, ज्याकेट, ऊनी लुगाहरू) झिक्दै लाउन थाल्छौँ । यस क्रममा लुगा तथा कपडाको प्रकृतिअनुसार घाममा सुकाएर, राम्रो सँग धोएर, इस्त्री लगाएर, सफा गरेर लगाएन भने छालाको एलर्जी हुन सक्छ । धेरै समयदेखिको कपास तथा कपडा प्रयोग गरी बनाइएका बाक्लो चोलो नयाँ नै बनाएको भए पनि एक पटक धोएर लगाउनुपर्दछ । यसो गरेका खण्डमा शरीरमा रातोपना सँगै डाबर उठ्ने एलर्जीको समस्या हुँदैन ।


ओठलाई सदैव रसिलो राखी राख्न प्राकृतिक रूपमा यसको बाह्य सतहमा एउटा निकै पातलो तैलियपत्रको व्यवस्था गरेको हुन्छ । यसले ओठको रसिलोपना कायम गर्छ । कतिपय ओठलाई अत्यधिक चुस्ने, टोक्ने बानी भएका महिलामा -यालमा रहेको विशेष इन्जाइमले ओठलाई इरिटेट (चिडचिडाहट) गर्दछ । र, झन् बढ्ता ओठ फुट्छ । यस्तो समस्या भएको बेला सुन्तला, कागतीको रसजस्ता अम्लिय पदार्थ प्रयोग गर्नु हुन्न किनकि यसले ओठमा थप समस्या निम्त्याउँछ ।

यो समस्याबाट बच्न मह, घिउ र नरिवलको तेललाई ओठमा लगाउन सकिन्छ । पेट्रोलियम जेलीयुक्त बाम, चिपिस्टिक वा लिपस्टिक लगाउने गरेमा यो समस्याको अस्थायी निराकरण हुन्छ । यसले ओठको बाह्य झिल्लीलाई रसिलो बनाई राख्छ । ओठ फुट्ने समस्या भएकाले सूर्यको प्रकाशबाट पनि बच्नुपर्ने हुन्छ तर जाडोयाममा घाम ताप्न मन पराउने हुनाले घाममा बस्दा लिप बाम, चिपिस्टिक वा सनस्क्रिन लगाउनुपर्दछ । यसका साथै ओठ टोक्ने, मुखबाट सास फेर्ने बानी हटाउनुपर्दछ । पानी पनि प्रशस्तै पिउनुपर्दछ ।

हात गोडा तथा कुर्कुच्चा फुट्ने समस्याबाट बच्न पटक–पटक तातो–चिसो पानी चलिराख्नु हुँदैन । हातगोडा न्यानो पार्न पन्जा–मोजा लगाउनु पर्दछ । छालालाई शुष्क हुन नदिन तथा छालालाई ओसिलो बनाइराख्न भ्यासलिनको अधिक प्रयोग गर्नु पर्दछ ।


पोल्ने समस्या

हिटर वा अगेनो ताप्दा बालबालिकाले ख्याल गर्नु पर्दछ । न्यानोपनाका लागि हटवाटर ब्याग प्रयोग गर्ने गरेको छ भने निकै सजगता अपनाउनु पर्दछ । बिजुली हिटरको प्रयोगमा सतर्कता अपनाएन भने ठूलो विपत्ति निम्तिन सक्छ । केही वर्ष अगाडि जस्तो लोडसेडिङको समस्या त छैन तर पनि काम सकेपछि सबैजसो विद्युतीय सामानको स्वीच राम्ररी बन्द गर्न आवश्यक हुन्छ । विगत केही वर्षदेखि मनतातो पानीले नुहाउन गिजरको प्रयोगले दुर्घटनाका खबर आइराखेका छन् । विशेष गरी बालबालिका नुहाउन लाग्दा हावा राम्ररी चलखेल हुने खालको बाथरुम हुनुपर्दछ । यसकारण अभिभावकहरूले उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।


अन्य समस्या

जाडो महिनामा शारीरिक तापका लागि बढ्ता शक्ति चाहिन्छ । त्यसैले कार्बोहाइड्रेट तथा चिल्लो पदार्थयुक्त खानाहरू आफ्नो शारीरिक अवस्थाअनुसार खानु श्रेयस्कर हुन्छ । जाडोयाममा बिहे तथा भोजभतेरको समय पनि भएकाले बालबालिकाले चिल्लो, मसलायुक्त खाना खाएको खण्डमा अपच, ग्यास्ट्रिक तथा पखाला हुन सक्छ । त्यसैले कम चिल्लो तथा कम पिरोयुक्त खाना खानु राम्रो हुन्छ ।