• १६ मङ्सिर २०८२, मङ्गलबार

सरकारको प्राथमिकता भ्रष्टचार मुक्त देश बनाउनु हो : स्वास्थ्य मन्त्री डा.गौतम

blog

छलफलमा सहभागी स्वास्थ्य तथा जनसङ्या मन्त्री डा.सुधा गौतम।

निशा राई

धरान, मङ्सिर १६ गते । स्वास्थ्य तथा जनसङ्या मन्त्री डा.सुधा गौतमले जेनजी आन्दोलनबाट बनेको सरकारको प्राथमिकता नै भ्रष्टचार मुक्त देश बनाउने रहेको बताउनुभयो ।

मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पत्रकारसँग भेटघाट गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

बिपी प्रतिष्ठानको निरीक्षण र सिनेटको बैठकको तयारीको लागि प्रतिष्ठान आएको उहाँले बताउनुभयो । 

जनतालाई राम्रो सेवा होस, जनताले दुःख नपाओेस, केही अप्ठेरो नहोस् भनेर अस्पतालको निरीक्षण गर्दै आएको हो । यसअघि लुम्बिनी प्रदेशमा निरीक्षण गरेको र अब देशभरको संघीय अस्पतालको अवस्था नजिकबाट आफैंले हेर्ने बताउनुभयो।