• २२ वैशाख २०८१, शनिबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. सन् २०२३ फेब्रुअरीमा दक्षिण अफ्रिकामा सम्पन्न महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

अस्ट्रेलिया

अस्ट्रेलियाले घरेलु टिम दक्षिण अफ्रिकालाई १९ रनले हराएर सो उपाधि जितेको। अस्ट्रेलियाको महिला क्रिकेट टिमले लगातार तेस्रो पटक विश्व च्याम्पियन भएर ह्याट्रिक गरेको ।

हालसम्म महिला टी–२० विश्वकप आठ पटक भएकोमा अस्ट्रेलियाको नाममा छ उपाधि रहेको ।



२. अल्पविकसित राष्ट्रको संयुक्त राष्ट्रसङ्घीय पाँचौँ शिखर बठक कहिले र कहाँ आयोजना गरियो ?

सन् २०२३ फेब्रुअरी ५–९

अल्पविकसित देशको दिगो विकासका निम्ति सहायता परिचालन गर्दै उनीहरूलाई समृद्धिको मार्गमा अग्रसर गराउने बैठकको प्रमुख उद्देश्य रहेको। 

यस बैठकमा आर्थिक वृद्धि र व्यापारनिम्ति दशकौँदेखि लडिरहेका अल्पविकसित देशका विकासका चुनौतीलाई केन्द्रमा राखेर विकासित राष्ट्रले सहयोगको मात्रा बढाउनुपर्नेमा जोड दिइएको। साथै अल्पविकसित राष्ट्रका संरचनागत समस्यालाई सम्बोधन गर्नुपर्ने बताइएको।

सामाजिक, आर्थिक एवं वातावरणीय विकासबाट लाभान्वित हुन विश्वव्यापी साझेदारी अल्पविकसित राष्ट्रहरूका निम्ति अपरिहार्य भएको राष्ट्रसङ्घले जनाएको।

सम्पन्न र विपन्न राष्ट्रबीचको स्रोतसाधनको गहिरो खाडल कम गर्ने प्रयासस्वरूप संयुक्त राष्ट्रसङ्घद्वारा पाँच दशकअघि अल्पविकसित राष्ट्रको समूह (एलडीसी) गठन गरिएको थियो। आर्थिक सहयोग, व्यापार, बजार विशेषाधिकार र वित्तसम्मको सहज पहुँच प्रदान गर्न सो समूह निर्माण गरिएको। पाँच दशकअघि अल्पविकसित राष्ट्रको समूहमा रहेका २४ देशको सङ्ख्या यो अवधिमा बढेर ४६ पुगेका। 

भुटान सन् २०२३ मा एलडीसीबाट स्तरोन्नति हुने 

अपेक्षा गरिएको।

बङ्गलादेश, लाओस, नेपाल, साओटोम एन्ड प्रिन्सेप र सोलोेमन टापु सन् २०२६ सम्ममा एलडीसीबाट स्तरोन्नति भइसक्ने लक्ष्यका साथ अघि बढेका। 


३. संयुक्त राष्ट्रसङ्घद्वारा युवा कार्यालय स्थापना गर्ने निर्णय कहिले भएको हो ?

सन् २०२२ सेप्टेम्बर ८

महासभाद्वारा संयुक्त राष्ट्रसङ्घको युवा कार्यालय स्थापना गर्ने प्रस्ताव पारित भएको। 


४. क्रोएसियामा औपचारिक रूपमा युरो मुद्रा कहिलेदेखि लागू भएको हो ?

सन् २०२३ जनवरी १

क्रोएसिया युरो मुद्रा लागू गर्ने २०औँ सदस्य राष्ट्र (ईयू)का रूपमा रहेको। 

यो राष्ट्र सन् २०१३ मा युरोपेली सङ्घमा प्रवेश गरेको। 


५. उत्कृष्ट फिफा वर्ष खेलाडी घोषित हुन सफल फुटबलर को हुन् ?

पुरुषतर्फ ः लियोनल मेसी (अर्जेन्टिना) र महिलातर्फ ः एलेक्सिया पुटेलास (स्पेन) 

कतार विश्वकप विजेता अर्जेन्टिनाका कप्तान मेसीले सातौँ पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका। 

स्पेनकी अलेक्सिया पुटेलास फिफा सर्वश्रेष्ठ महिला फुटबल खेलाडी घोषित भएकी। पुटेलास लगातार दोस्रो पटक उत्कृष्ट फिफा वर्ष खेलाडी चुनिन सफल भएकी।

अर्जेन्टिनाकै प्रशिक्षक लियोनल स्कोलानी वर्षका उत्कृष्ट प्रशिक्षक एवं अर्जेन्टिनाकै इमिलियानो मार्टिनेज उत्कृष्ट गोलकिपर घोषित भएका। 

महिलातर्फको वर्ष प्रशिक्षकमा नेदरल्यान्ड्सकी सरिना विग्म्यान र गोलकिपरमा म्यारी अरप्स घोषित भएका। 

त्यस्तै सर्वश्रेष्ठ पुस्कास अवार्ड ः मार्सिन ओलेक्सी (पोल्यान्ड), उत्कृष्ट फ्यान अवार्ड ः अर्जेन्टिना, फ्यान र उत्कृष्ट फेयर प्ले अवार्ड ः लुका लोकोसभिली (जर्जिया) घोषित भएका। 


६. नेपालका तर्पmबाट आणविक ऊर्जासम्बन्धी कन्ट्री प्रोग्राम फ्रेमवर्क (सीपीएफ)मा कहिले हस्ताक्षर भएको हो ?

सन् २०२२ सेप्टेम्बर २७ 

अस्ट्रियामा भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा सो कार्यढाँचामा हस्ताक्षर भएको। 

सन् २०२२ देखि २०२७ सम्मको अवधिका लागि आणविक ऊर्जासम्बन्धी कार्यढाँचामा हस्ताक्षर भएको। 

यससँगै नेपाललाई यस अवधिमा आणविक ऊर्जा एजेन्सी (आईएईए) मार्पmत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य तथा कृषि एवं स्वास्थ्यजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त हुने।


७. सन् २०२३ जनवरी १ देखि २०२४ डिसेम्बर ३१ सम्मका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अस्थायी सदस्यमा चयन हुन सफल राष्ट्र कुन कुन हुन् ?

इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्विट्जरल्यान्ड 

सन् २०२२ जनवरी १ देखि २०२३ डिसेम्बर ३१ सम्मको अवधिका लागि ः अल्बानिया, ब्राजिल, गावोन, घाना र युएई


८. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्बाट रुस कहिले निलम्बित भएको हो ?

सन् २०२२ अप्रिल ७

संयुक्त राष्ट्रसङ्घीय महासभाको मतदानमा रुसलाई सो परिषद्बाट हटाउनुपर्ने पक्षमा बहुमत आएसँगै रुस परिषद्बाट निलम्बित भएको। 

मतदानमा रुसलाई हटाउनुपर्ने प्रस्तावको पक्षमा ९३ राष्ट्र र विपक्षमा २४ राष्ट्र रहेका। त्यस्तै तटस्थमा ५८ राष्ट्र रहेका। नेपाल यस प्रस्तावमा तटस्थ रहेको। 

राष्ट्रसङ्घीय मानव अधिकार परिषद्बाट यसअघि सन् २०११ मा लिबियालाई हटाइएको थियो।


९. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२७ कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२२ नोभेम्बर ६–१८, सार्म एल शेख (इजिप्ट) 

‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनमार्फत जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट बढी जोखिममा रहेका विकासशील मुलुकलाई सहयोग गर्न ‘लस एन्ड ड्यामेज कोष’ स्थापना गर्ने निर्णय भएको।

जी–७ र जोखिममा रहेका ५५ राष्ट्र सम्मिलित भी–२० समूहद्वारा जलवायु प्रकोपविरुद्ध ‘ग्लोबल सिल्ड’ नामक अभियान सुरुवात गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको।

२७औँ कोपद्वारा जलवायु वित्तका आकार वृद्धि गरी विभिन्न कोषमा निम्नानुसार रकम घोषणा गरिएको ः 

कोष रकम (अमेरिकन 

डलर)

अनुकोलन कोष २३० मिलियन

अतिकम विकसित राष्ट्रको कोष ७० मिलियन

जलवायु विशेष कोष ३५ मिलियन

जम्मा ३३५ मिलियन


१०. वि.सं. २०७९ फागुन १७ मा राजधानीमा सम्पन्न नवौँ महाधिवेशनबाट नेपाल चलचित्र पत्रकार सङ्घको अध्यक्षमा को चयन भएका छन् ?

समीर बलामी


११. सन् २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता कहाँ हुने भएको छ ?

श्रीलङ्का

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्रबाट छनोट हुँदै नेपाल पनि सो विश्वकपमा पुग्न सफल भएको।


१२. नेपाल वायुसेवा निगमको इतिहासमै पहिलो पटक ककपिट सम्हालेर अन्तर्राष्ट्रिय उडान गर्ने महिला पाइलट र को–पाइलट को हुन् ?

पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावत

पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतले वि.सं. २०७९ फागुन २१ (सन् २०२३ मार्च ५) मा काठमाडौँबाट न्यारोबडी एअर बस ३२० दुबईमा सफल अवतरण गरेका। 

निगमको अन्तर्राष्ट्रिय उडानमा महिला पाइलटको नेतृत्व नौलो नभए तापनि को–पाइलटसमेत महिला भएको यो पहिलो पटक हो। 


१३. इरानलाई राष्ट्रसङ्घीय महिला आयोगबाट कहिले हटाइएको हो ?

सन् २०२२ डिसेम्बर १४ 

महिला आन्दोलनमाथि चरम दमन र ज्यादती भएको भन्दै राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्मा भएको मतदानले इरानलाई सो आयोगबाट हटाएको। 

सन् २०२२ देखि २०२६ सम्मको कार्यकालका लागि सो आयोगमा ४५ राष्ट्र रहेका । इरानको कार्यकाल सन् २०२६ सम्म थियो । 

राष्ट्रसङ्घीय महिला आयोगमा रहेका सदस्य राष्ट्र 

अफ्रिकाबाट ः १३

एसिया प्रशान्त क्षेत्रबाट ः ११

ल्याटिन अमेरिका तथा क्यारेबियनबाट ः नौ

पूर्वी युरोपबाट ः चार

पश्चिम युरोप र अन्य क्षेत्रबाट ः आठ


१४. ‘प्यान्डेमिक इमर्जेन्सी फाइनान्सिङ फ्यासिलिटी–पीइएफ’ नामक बीमा योजना कुन निकायले घोषणा गरेको हो ?

विश्व बैङ्क (सन् २०१६ मे २१) 

बहुपक्षीय कर्जादाता निकाय ‘विश्व बैङ्क’ले सन् २०१६ मे २१ मा सो बीमा योजना घोषणा गरेको। 

तत्कालीन विश्व बैङ्कका अध्यक्ष जोमयोङ किमले जापानको सेन्डाइमा सम्पन्न जी–सेभेनको बैठकमा ‘प्यान्डेमिक इमर्जेन्सी फाइनान्सिङ फ्यासिलिटी–पीईएफ’ नामक बीमा योजना घोषणा गरेका। 

विश्वमा ठूलो महामारी फैलिएको स्थितिमा सोको रोकथाम र नियन्त्रणका लागि यथाशीघ्र रकम सञ्चालन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो कार्यक्रम सन् २०२१ अप्रिल ३० देखि कार्यान्वयनमा नरहेको। 


१५. विश्वको ठूलो अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी–२० को सम्मेलन सन् २०२३ फेब्रुअरीमा कहाँ सम्पन्न भएको हो ?

बैङ्गलोर (भारत) 


१६. लुम्बिनी पूर्ण खोप प्रदेश कहिले घोषित भएको हो ?

वि.सं. २०७९ असोज १

पहिलो पूर्ण खोपयुक्त घोषित प्रदेश बागमती हो। 


१७. युएन एसेम्बलीमा युक्रेनमाथि रुसी हमलाविरुद्धको प्रस्ताव कहिले पारित भएको हो ?

सन् २०२३ फेब्रुअरी २३

सो प्रस्तावको पक्षमा १४१ देशले भोट गरेका।

रुससहित सात देशले यसविरुद्ध भोट दिएका।

भारत, चीन, पाकिस्तान, बङ्गलादेशसहित ३२ राष्ट्रले कुनै पनि पक्षमा मतदान नगरेका।


१८. द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?

वि.सं. १६१६ भाद्र २५


१९. नेपाल सरकारले बौद्धिक सम्पत्तिको संरक्षणका लागि बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालयअन्तर्गत स्थापना गर्ने निर्णय गरेको हो ?

अर्थ मन्त्रालय

(नेपालले नयाँ संविधानमार्फत बौद्धिक सम्पत्तिको अवधारणालाई संवैधानिक रूपमा नै अंगिकार गरेको छ।) 


२०. नेपाल टेलिकमद्वारा इ–सिमको सुरुवात कहिलेदेखि भएको हो ?

वि.सं. २०७९ भदौ ३१ 


२१. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

माल्दिभ्स

(नेपालले सन् २०१६ अक्टोवर २४ मा यो सम्झौता अनुमोदन गरेको।)


२२. धार्मिक, पर्यटकीय एवं जैविक विविधताका हिसाबले महत्वपूर्ण बर्जुताल कहाँ रहेको छ ?

सुनसरी 

(विराटनगरदेखि करिब १२ किलोमिटर पश्चिममा समुद्र सतहबाट ७० मिटरको उचाइमा अवस्थित १०१.६ हेक्टर जमिनमा विस्तारित यो ताल निकै रमणीय र जैविक विविधताका हिसाबले प्रचुर सम्भावनायुक्त रहेको ।) 


२३. कोशी प्रदेशलाई कहिले साक्षर घोषित गरिएको हो ?

वि.सं. २०७९ भदौ २३ 

साक्षर घोषित हुने यो तेस्रो प्रदेशका रूपमा रहेको।

युनेस्कोद्वारा निर्धारित १२ मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषित गरिएको।


   प्रस्तुतकर्ता : टंक के.सी.