• १२ मंसिर २०८१, बुधबार

सौर्य ऊर्जाबाट झिलिमिली

blog

जुम्ला समाचारदाता

जुम्ला, फागुन २३ गते । तिला गाउँपालिकाको दुर्गम गाउँ पोखरीमा सौर्य ऊर्जा जडानपछि झिलिमिली भएको छ। सो गाउँमा ५० किलोवाटको सोलार प्लान्ट राखिएपछि गाउँ झिलिमिली भएको हो। 

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार गाउँपालिकाको ३० लाख र वैकल्पिक ऊर्जाको सहयोगसहित तीन करोड एक लाख ८८ हजार लागतमा सो सौर्य ऊर्जा कार्यक्रम सुरु भएको हो। तिला गाउँपालिकाबाट हिँडेर चार घण्टा लाग्ने सो गाउँमा सौर्य ऊर्जाको उद्घाटन कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नरेश भण्डारीले गर्नुभएको छ। उहाँले पोखरीलाई उज्यालो दिने राज्यको काम अत्यन्तै न्यायपूर्ण भएको बताउनुभयो। 

गाउँपालिका अध्यक्ष रोकायाले पोखरी गाउँ उज्यालो भएकामा खुसी व्यक्त गर्दै त्यसमा सहयोग गर्ने निकाय सबैलाई धन्यवाद दिनुभयो। पोखरी गाउँमा ६१ घरधुरी रहेको छ। सो गाउँमा अहिले ५० किलोवाटमध्ये १० किलोवाट सोलारले उज्यालो गर्न खपत भएको छ। नेकपा (माओवादी केन्द्र) जुम्लाले युद्धकालमा सो गाउँलाई महत्वपूर्ण सेल्टरका रूपमा प्रयोग गरेको थियो।