काठमाडौं, फागुन २१ गते । जोन्टा क्लब काठमाडौंले अन्तर्राष्ट्रिय महिला दिवस र यलो रोज डेको अवसरमा आर्थिक, सामाजिक र सांस्कृतिक उपलब्धिहरूको क्षेत्रमा काम गर्ने १२ महिलालाई सम्मान गरेको छ ।
समाजमा रहेका हरेक विसङ्गति र विकृतिविरुद्ध लड्ने महिलाहरूलाई हरेक वर्ष सम्मान गर्दै आएकोमा यस वर्ष पनि १२ जना महिलालाई सम्मान गरिएको क्लबका अध्यक्ष आभा शाहले जानकारी दिनुभयो ।
सन् २०२३ मा पुरस्कार तथा सम्मान पाउने महानुभावहरूमा राजकुमारी हेलेन शाह इन्पिरेसन अवार्डबाट मिरा राई, अमर राण गेम चेन्जर अवार्डबाट मुस्कान खातुन, रत्नदेवी ओमेन इन स्पोर्टस अवार्डबाट सुष्मा तामाङ र सोनिका ढकाल, ज्योति छात्रवृत्ति अवार्डबाट विभूषा पाठक र समीक्षा खड्का रहनुभएको छ ।
यस्तै, इन्द्रकला छात्रवृत्ति अवार्डबाट अञ्जनी पोखरेल र कलबिना श्रेष्ठ, अन्संग हिरोज अवार्डबाट डान्सर सीता सुवेदी, ड्राइभर निशा चौलागाईँ, एरो स्पेस सुनिरा रेग्मी र एलजीविटीआई अभियान्ता पिँकी शीतल गुरुङलाई सम्मान गरिएको छ ।
साथै जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रबर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई पनि सम्मान गरेको थियो ।
यस क्लबले सीपमा आधारित तालिम, क्षमता अभिवृद्धि कार्यक्रम, कार्यशाला र सेमिनारहरु आयोजना गरेर महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बन्न सहयोग गर्दै लैङ्गिक समानता प्रबर्धन गर्दछ ।