• १० मंसिर २०८१, सोमबार

सत (कविता)

blog

तराईको जगमा पहाडको भित्तो छानो हो हिमाल

 हुँदैन घर यी तीनै बिना रहन्न नेपाल


जनताको शक्ति, देशको भक्ति शिर ठाडो पारेर

आपसमा झगडा गरेर यहाँ नबसौँ हारेर 

  

चुच्चे र बुच्चे काले र गोरे भनेर नसहे

कसरी अग्लो देखिने होला टेक्ने ठाउँ नरहे


 आँगनमा झगडा गरेर यहाँ आफन्त खोज्नेलाई

को देला गुहार, को गर्ला स्याहार भन त दाजुभाइ


झापाको रोटी दार्चुला लगी खाऊ मीठो मानेर

मन्दिर मस्जित गुम्बा सव पुज ईश्वरै भनेर


हिमाल तराई मेची र काली एक घरका जहान

यो ध्वजा समाऊ हात दह्रो बनाउ यही हुन्छ महान्